अन्नपूर्ण हिमाल आरोही मौरिस हर्जोगका छोरा सम्मानित
पाेखरा | असोज २१, २०८१
पोखरा : पहिलोपटक ८ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी विश्व कीर्तिमान बनाएका फ्रान्सेली मौरिस हर्जोगका छोरा माथिएस हर्जोगलाई सम्मान गरिएको छ।
बडादशैँ, दीपावलीलगायत चाडपर्वका अवसरमा पोखरा पर्यटन परिषदद्वारा आज पोखरामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापा, परिषद्का अध्यक्ष तारानाथ पहारीलगायतले हर्जोगलाई सम्मान गरेका हुन्।
सन् १९५० जुन ३ मा मौरिस हर्जोगले अन्नपूर्ण प्रथमको आरोहण गरेको ३ वर्षपछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण भएको थियो।
अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रूपमा मनाउने गरिएको छ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

