अन्नपूर्ण हिमाल आरोही मौरिस हर्जोगका छोरा सम्मानित

पाेखरा | असोज २१, २०८१

अन्नपूर्ण हिमाल आरोही मौरिस हर्जोगका छोरा सम्मानित

पोखरा : पहिलोपटक ८ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी विश्व कीर्तिमान बनाएका फ्रान्सेली मौरिस हर्जोगका छोरा माथिएस हर्जोगलाई सम्मान गरिएको छ।

 

बडादशैँ, दीपावलीलगायत चाडपर्वका अवसरमा पोखरा पर्यटन परिषदद्वारा आज पोखरामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापा, परिषद्का अध्यक्ष तारानाथ पहारीलगायतले हर्जोगलाई सम्मान गरेका हुन्। 

 

सन् १९५० जुन ३ मा मौरिस हर्जोगले अन्नपूर्ण प्रथमको आरोहण गरेको ३ वर्षपछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण भएको थियो। 

 

अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रूपमा मनाउने गरिएको छ।

काठमाडौं:  आजदेखि नगद कारोबारमा ५ लाखको सीमा कायम भएको छ । मङ्सिर १६ गतेको निर्णय र राष्ट्र बैंकको केही दिनअघिको परिपत्र अनुसार आजदेखि बैंक तथा वित्तीय संस्थाले एउटा व्यक्तिसँग ५ लाखभन्दा बढी नगद कारोबा...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले माघे (मक) संक्रान्ति÷माघी पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले हाम्रा चाडपर्वले हाम्रो भौगोलिक...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित हुनुभएको छ । काठमाडौँमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट आज पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित ह...

थप पढ्नुहोस्