प्रदेश प्रमुख भट्टद्वारा बडा दशैंको शुभकामना व्यक्त

पाेखरा | असोज १८, २०८१

प्रदेश प्रमुख भट्टद्वारा बडा दशैंको शुभकामना व्यक्त

पोखरा:    गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीहरूको महान चाड बडा दशैं विजयादशमी, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

  
शुक्रबार शुभकामना सन्देश जारी गर्नुहुँदै भट्टले मुलुकमा परम्परागत रूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता विभिन्न चाडपर्वहरूले भौगोलिक, साँस्कृतिक, धार्मिक, जातिय तथा भाषिक विविधताबीच रहेको मौलिकता थप सृदृढ गर्न साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेको उल्लेख  गर्नुभएको छ ।


शुभकामना सन्देशमा भनिएको छ - ‘महान चाड बडादशैंले हामी सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास लिएको छु । साथै, यस प्रकारका चाडपर्वको संरक्षण एवं सम्वर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्न सक्दछ भन्ने मलाई लाग्दछ ।’


उहाँले बडा दशैं, २०८१ ले हामी सबैमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै ुसमृद्ध नेपाल, सुखी नेपालीु को साझा राष्ट्रिय संकल्प हाँसिल गर्न सहयोग पुग्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्