विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्यो: प्रधानमन्त्री
काठमाडाैं | असोज १५, २०८१
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षापछि गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई राहत वितरण गर्ने कार्य प्रारम्भ भइसकेको स्पष्ट पार्नुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलमा उहाँले विपद्मा परेका नागरिकको खोज एवं उद्धार कार्य दुई दिनभित्र गरिसकिने बताउनुभयो ।
घाइतेहरूको निःशुल्क उपचार र विपद्पछि आउन सक्ने जनस्वास्थ्यका समस्या रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।
उहाँले क्षतिग्रस्त खानेपानी, सडक, टेलिफोन, विद्युत्लगायत आधारभूत सेवा सञ्चालनका लागि सरकार सक्रिय रहेको बताउनुभयो ।
सो अवसरमा विपद्का कारण २२४ को मृत्यु भएको, २४ बेपत्ता रहेको र १५८ घाइते रहेको तथा उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको जानकारी दिइयो ।
विपाद्बाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन् ।
पोखरा: १४ ओेैं पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओैं पोखराको महोत्सवको तयारी त...
पोखरा: पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतिय...
काठमाडौं: नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायमा देखिएका विद्यमान कानुनी जटिलता र करका दरहरूमा सुधार गर्न माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । ...

