राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी

काठमाडाैं | असोज १५, २०८१

राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा आफूले गरेको सम्बोधन र त्यसक्रममा भएका दुईपक्षीय भेटवार्ता र कार्यक्रमबारे नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बैठकलाई अवगत गराउनुभएको छ ।

    
प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घमा विगतको भन्दा नेपालको उपस्थिति र प्रस्तुति प्रभावकारी रहेको अवगत गराउँदै सो क्रममा विश्वका विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखसँग भेटवार्ता गरेको बताउनुभयो । 


सो दलका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिसहित विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री र अन्य विशिष्ट व्यक्तिसँग भेटघाट भएको तथा कोलम्बिया र हार्वर्ड विश्वविद्यालयका कार्यक्रम अनुभव आदानप्रदानमा महत्वपूर्ण भएका बताउनुभयो ।

    
प्रधानमन्त्री ओलीले देशको स्वाभिमान र राष्ट्रियता उच्च पार्ने तथा नेपालको उपस्थिति ‘देखिने र सुनिने’ तुल्याउन आफूले संसद्मा गरेको सङ्कल्पबमोजिम काम गरेर स्वदेश फर्किएको बताउनुभयो ।
 

नुवाकोट:    काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको लमजुङको सुपर दोर्दी ‘ख’ आयोजनाको गाडी नुवाकोटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।     ...

थप पढ्नुहोस्

ताप्लेजुङ:     कञ्चनजङ्घा आधार शिविरतर्फ गइरहेको पर्यटक टोलीका एक सदस्यको ढुङ्गाले लागेर मृत्यु भएको छ ।  फक्ताङलुङ गाउँपालिका– ६ को जापानटार नजिक इलिफोक भन्ने ठाउँमा पहिरोसँगै खसेक...

थप पढ्नुहोस्

लमजुङ:     मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा  मर्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर  तामाङको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्...

थप पढ्नुहोस्