१० घण्टामा दमौली–चापाघाट सञ्चालन

तनहुँ | असोज १२, २०८१

१० घण्टामा दमौली–चापाघाट सञ्चालन

तनहुँ:    पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ मादी पुल नजिक सडक भासिएको ठाउँ मर्मतपछि  सञ्चालनमा आएको छ । 


आज बिहान ७ बजे सडक भासिएपछि दमौली–चापाघाट अवरुद्ध भएकामा दश घण्टापछि साँझ ५ बजे सडक पुन: सञ्चालनमा आएको हो ।

    
भासिएको सडकमा ह्युमपाइप राखेपछि उक्त खण्ड सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो । 


मुग्लिन पोखरा सडक विस्तारका क्रममा यस ठाउँमा कल्भर्ट निर्माणका लागि डाइभर्सन सडक बनाइएकामा निरन्तरको पानीका कारण आज बिहान उक्त ठाउँमा सडक भासिएको थियो । 


सडक सञ्चालन भएपछि लामो समयदेखि अलपत्र परेका सर्वसाधारण गन्तव्यमा लागेका छन् ।

काठमाडौं:   त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले देशभर उत्पन्न भएको मौसमको प्रतिकूलका कारण विभिन्न सङ्कायका परीक्षा स्थगित गरेको छ ।    त्रिविले आज सूचना जारी गरी यही असोज १० गत...

थप पढ्नुहोस्

काठमाडौं:    सरकारले तीन दिन विद्यालय बन्द गर्न सवै स्थानीय तहलाई अनुरोध गरेको छ ।       शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले आज विज्ञप्ति जारी ...

थप पढ्नुहोस्

काठमाडौं:    अविरल वर्षाका कारण देशभर गएको बाढी र पहिराले जनधनको क्षति गरिरहेको उल्लेख गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरूलाई चौबिसै घण्टा आपत्कालीन उपचारका...

थप पढ्नुहोस्