सत्तारुढ दलको विवाद टुङ्गिएसँगै गण्डकीको बजेट बहुमतले पारित
पाेखरा | असार ३०, २०७९
पोखरा: गण्डकी प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । प्रदेशको दशौं अधिवेशन तथा अठ्ठाइसौं प्रदेश सभाको बैठकबाट आज (बिहीबार) बजेट पास भएको हो ।
प्रदेशका अर्थमन्त्री रामजी बरालले आर्थिक वर्ष २०७९-०८० का लागि असार १ गते ३५ अर्व ९० करोड ९० लाखको बजेट पेस गरेका थिए । गण्डकी प्रदेशका सांसदहरुबीच तालमेल नमिल्दा बजेटउपर छलफल लम्बिएको थियो ।
पूर्व सरकारले राखेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अर्थमन्त्री बरालले कटौटी गरेपछि सत्तारुढ दलमा विवाद चुलिएको थियो । सो कार्यक्रमलाई फरक शिर्षकबाट समेट्ने प्रतिवद्धता पछि २२ असारमा विनियोजन विधेयक पेस भएको थियो । ६ दिनको निरन्तर छलफलपछि आज (बिहीबार) बजेट पारित भएको हो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

