अन्नपूर्ण केवलकार एक साताको लागि बन्द
पाेखरा | असार ३०, २०७९
पोखरा: पोखराको अन्नपूर्ण केवलकार एक साता बन्द हुने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै नियमित मर्मतसम्भारका लागि केवलकार बन्द गर्न लागिएको जनाएको छ । सूचनामा असार ३१ देखि साउन ६ गतेसम्म केवलकार बन्द हुने उल्लेख गरिएको छ ।
जापानी प्राविधिकहरुले केवलकारको परीक्षण पश्चात साउन ७ देखि केवलकार नियमितरुपमा संचालनमा आउने कम्पनीका महाप्रबन्धक दिनेश पौड्यालले बताए ।
पोखरामा अन्नपूर्ण केवलकार कम्पनीले सेदी सराङकोट २.५ किलोमिटर लामो केवलकार निर्माण गरेर सञ्चालन गरिरहेको छ । फेवाताल किनारको सेदीदेखि सराङकोटसम्म आउजाउ गर्ने पर्यटकलाई लक्षित गरि केवलकार सञ्चालन गरिएको हो । केवलकार फागुन ६ गतेदेखि नियमित सञ्चालनमा आएको थियो ।
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...
पोखरा । तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

