बागलुङको बिहुँमा पाँच शय्याको अस्पताल भवन
बाग्लुङ | असोज ९, २०८१
बलेवा: काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी निर्माण भएको स्वास्थ्यचौकी भवन सम्बन्धित निकायलाई हस्तान्तरण भएको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजनाले काठेखोला गाउँपालिका–६ का अध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष वृहस्पति कँडेललाई भवनको साँचो मङ्गलबार हस्तान्तरण गर्नुभयो ।
दुईतले भवनमा सना–ठूला ५३ वटा कोठा छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु छ करोड १२ लाख लागतमा उक्त भवन निर्माण भएको हो ।
“भवनको जिम्मेवारी लिएका छौँ, स्वास्थ्यमन्त्रीबाट उद्घाटन गराएपछि नयाँ भवनबाट सेवा प्ररम्भ हुन्छ”, अध्यक्ष कँडेलले भन्नुभयो, “पाँच शय्याको अस्पताल सञ्चालन गर्ने योजना छ, जनशक्ति व्यवस्थापनपछि अस्पताल सञ्चालनमा गरिने छ ।”
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

