‘विद्रोही’ विमल पोखरामा गठबन्धनका धनराज विरुद्ध कांग्रेसबाट ‘वागी उम्मेदवार’
काठमाडाैं | बैशाख ११, २०७९
पोखराः सत्तापक्ष गठबन्धनले पोखरा महानगरपालिकामा नेकपा एसबाट धनराज आचार्यलाई मेयरमा अघि सारेपछि असन्तुष्ट बनेका विमलबहादुर कार्कीले वागी उम्मेदवारी दर्ता गराएका छन् । पार्टीमा विद्रोही युवा नेताको छवि बनाएका कार्की कास्की २ का क्षेत्रीय सभापति एवं कांग्रेसको पोखरा नगर समितिका पूर्वसभापति हुन् ।
सभापति शेरबहादुर देउवाले गठबन्धनको नाममा अन्य पार्टीको चुनाव चिन्हमा मतदान गर्न लगाएपछि असन्तुष्टी पोख्दै पोखरा महानगरको मेयरमा वागी उम्मेदवारी दिएको कार्कीको भनाई छ । ‘कालेकाले मिलेर खाउँ भाले शैलीमा पार्टी र गठबन्धन चल्यो’ कार्कीले भने ‘यस्ता प्रवृत्तिविरुद्ध मैले तरुण दलमा हुँदादेखि नै विरोध गर्दै आएको हुँ ।’
सबै मिलेर भागबन्डा गर्ने हो भने किन निर्वाचन गर्ने ? भन्ने प्रश्न गर्र्दै कार्कीले गठबन्धनले मिलेर खाए निर्वाचन गर्ने ६० अर्ब खर्च जोगिने टिप्पणी गरे । ‘म कांग्रेस हुँ तर नेताको मलद्वारलाई हरिद्वार भन्न सक्दिन’ उनले स्पष्ट पारे ।
भरतपुरमा हँसिया हथौडा, पोखरामा कलमलाई मतदान गर्न पार्टीले गरेको अपीललाई आफुले नमान्ने उनले बताए । पार्टीले दबाब दिएपछि उम्मेदवारी फिर्ता त लिनु हुन्न ? भन्ने प्रश्नमा कार्की भन्छन् ‘म गलत प्रवृत्तिविरुद्ध विद्रोह गरेर आएको मान्छे हो, मेरो अडान र मेरो उम्मेदवारी फिर्ता हुनेछैन ।’
निर्वाचन आयोगमा पुगेर उम्मेदवारी दिएका कार्कीको दर्ता नम्बर २ रहेको छ ।
व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ । मञ्चले आईतबार ए...
पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रद...

