वडासचिव गुरुङको कार्यकक्षमा भेटियो २ लाखसहितको झोला
काठमाडाैं | असोज ७, २०८१
पोखरा महानगरपालिका–१३ को वडा कार्यालयमा आइतबार साँझ नगद रु २ लाखसहित झोला फेला परेको छ ।
वडा १३ का अन्जु गुरुङको कार्यकक्षको सोफामा आइतबार बेलुकी खैरो रङको बेवारिसे झोला फेला परेको कास्की प्रहरीले बताएको छ ।
कास्की प्रहरीका अनुसार अहिलेसम्म उक्त रकमसहितको झोला कस्को भन्ने बारे खुलेको छैन ।
सो झोलामा दुई लाख नगद, एउटा क्यामेरा, सर्ट, हापपाइन्टका साथै बाइकको चाबीसमेत रहेको छ ।
प्रहरीले उक्त नगद र जिन्सी सामानसहितको झोला छोड्ने व्यक्तिले प्रमाणित हुने कागजातसहित सम्पर्क गर्न अनुरोधसमेत गरेको छ ।
सो झोला अहिले वडा प्रहरी रामबजारमा राखिएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

