कोलपाटनमा महिला हिंसा विरुद्ध सडक नाटक प्रदर्शन
पाेखरा | असोज ५, २०८१
पोखरा: महिला अधिकारका लागि राष्ट्रिय अभियान कास्की जिल्ला शाखा पोखरा १५ को आयोजनामा शनिबार कोलपाटनमा महिला हिंसा विरुद्धको जनचेतना मूलक सडक नाटक शनिबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरण बहादुर बानियाले उद्घाटन गर्दै आफुले समाजको लागि राम्रो गर्दा गर्दै पनि केहि व्यक्तिहरुले अनर्गल प्रचार गरेको बताउँदै आफुलाई कुनै फरक नपर्ने बताए । उनले सडक नाटकले महिला हिंसा न्युनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा महिला अधिकारका लागि राष्ट्रिय सञ्जालकी केन्द्रीयय उपाध्यक्ष दिलमाया गुरुङ, राम वजार प्रहरी चौकी इन्चार्ज वरिष्ठ नायव निरिक्षक राजु थापा, प्रतिभा आमा समुह पोखरा १५ की अध्यक्ष भगवती कार्की खड्काले बोलेका थिए ।
सो अवसरमा कलाकारहरु सुनिता कडेंल, गिता शर्मा, माया लामिछाने, दुर्गा थापा, विष्णु गिरी, तारा बानिया, पुष्पा गुरुङ, गिता भण्डारी, सुसिला गुरुङ, सीता रानाभाट, सरस्वती अधिकारीले अभिनय गरेका थिए भने सलिना गुरुङले नृत्य प्रस्तुत गरेकी थिइन ।
अभियानकी अध्यक्ष कुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गिता शर्माले र संचालन रमिता पौडेलले गरेकी थिइन ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

