बागलुङका युवा भिडियोग्राफर केसी र कार्कीले प्राप्त गरे विश्व रेकर्डको प्रमाणपत्र
बाग्लुङ | असोज ५, २०८१
बागलुङ: बागलुङका युवा फोटोग्राफर तथा भिडियोग्राफर सोनाम केसी र सौगात कार्कीले अग्लो उचाईमा नृत्यको भिडियोग्राफर गरेपछि गिनिज बुकमा रेकर्डको प्रामाणपत्र प्राप्त गरेका छन् ।
गत जेठ ६ गते नेपाली नृत्य निर्देशकद्वय ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र राई र सुमन तामाङले सोलुबुम्बुको कालापत्थरमा जोडी नृत्य ‘उच्चतम उचाइमा कोरियोग्राफी गरिएको नृत्य’ विधामा आधिकारिक गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेका थिए । उनीहरुले ५ हजार ४३८ मिटरको उचाइमा नृत्य गरेका थिए ।
उक्त विश्व किर्तिमानको भिडियोग्राफी गरेर बागलुङका दुई युवा फोटो तथा भिडियोग्राफर केसी र कार्कीले समेत उक्त रेकर्डमा नाम लेखाउन सफल भएका हुन् ।
उनीहरु दुवै जनाले विश्व किर्तिमानको प्रमाणपत्र प्राप्त गरेका छन् । केसी काठेखोला गाउँपालिका–२ घरभई हाल बागलुङ नगरपालिका–२ मा बसोबास गर्दै आएका छन्भने कार्की बागलुङ नगरपालिका–३ गुठी निवासी हुन् ।
रेकर्ड बनाउने क्रममा दि गोल्ड स्टुडियो बागलुङका सञ्चालक समेत रहेका केसी र काठमाडौंका उमेश सापकोटाले भिडियोग्राफी र फोटोग्राफीमा दि गोल्ड स्टुडियोका सौगात कार्कीले साथ दिएका थिए ।
भिडियोग्राफर केसीले मेहनतले ठूलो सफलताको साझेदार बन्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा झनै राम्रो गर्ने उर्जा मिलेको बताए ।
‘मेरो मेहनतको सबैभन्दा ठूलो सफलताको रुपमा लिएको छु, आगामी दिनमा झनै राम्रो गर्ने उर्जा मिलेको छ’ केसीले भने,‘जोखिमपूर्ण स्थानमा भिडियो छांयाङ्कनको अवसरसँगै यो सफलताले आनन्द महसुस भएको छ ।’
सुन्दर नगरी बागलुङ बजारमा विगत ४ वर्षदेखि संचालित दि गोल्ड स्टुडियोले म्युजिक भिडियोका साथै डकुमेन्ट्री र बिबाह ब्रतबन्ध विभिन्न कार्यक्रमहरुको भिडियो छांयाङ्कन तथा फोटो खिच्दै आएको छ ।
विश्व रेकर्ड कायम गर्दा नृत्यकार सुरेन्द्र र सुसनले दीपक बज्राचार्यको गीत ‘मन मगन’ मा २ मिनेट ३० सेकेन्डसम्म नृत्य गरे ।
सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड र खुम्बु पासाङल्हामु गाउँपालिकाको स्वीकृतिमा सुरेन्द्र र सुसनले कार्यक्रम गरेका थिए । गिनिजको तर्फबाट नेपाल प्रतिनिधि चित्रकुमार कार्कीको निर्देशनमा उनीहरूले नृत्य गरेका थिए ।
८ हजार मिटरका पाँच हिमाल दुई पटक आरोहण गरेर गिनिज वल्र्ड कीर्तिमानी बनेका सानु शेर्पा विशेष अतिथिका रूपमा नृत्यको साक्षी बनेका थिए ।
‘हाम्रा हिमालहरू बचाउनुहोस्ः हिमालको बहुविविधता महत्वपूर्ण छ’ भन्ने नारासहित सुरेन्द्र र सुसनले यो कार्यक्रम गरेका हुन् ।
कार्यक्रमको छायांकनका प्रमाण र अन्य प्रमाणहरु गिनिजको लण्डन मुख्यालयमा पठाइएको थियो । मुख्यालयले सवै प्रमाणको अध्ययन गरेपछि विश्व रेकर्ड कायम गरेका सुरेन्द र सुसन सहित भिडियोग्राफर, फोटोग्राफर र सहयोगीहरुलाई भदौं अन्तिम साता प्रमाणपत्र उपलब्ध गराएको हो ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

