कास्की मुवाँथाईको संयोजकमा धन पुन
पाेखरा | असोज १, २०८१
पोखरा: कास्की जिल्ला मुवाँथाई संघको संयोजकमा धन पुन चयन भएका छन् ।
मुवाँथाई संघ गण्डकी प्रदेशका अध्यक्ष मिलन थापाको प्रमुख आतिथ्यतामा भएको भेलाले पुनको संयोजकत्वमा कास्की जिल्ला मुवाँथाई संघको तदर्थ समिति गठन गरेको हो ।

समितिको सदस्यमा रोशन गुरुङ, विक्की गुरुङ, पूर्णिमा गुरुङ, पुष्पा पुन, लक्ष्मण गुरुङ र सचिन पुन रहेका छन् ।
रामबजार युथ क्लबको अध्यक्ष समेत रहेका पुन मुवाँथाईको प्रशिक्षण समेत दिदै आएका छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

