पोखरामा हुने प्रथम पर्वतीय दौडमा सहभागि हुने खेलाडीहरुले अनलाइनबाटै दर्ता हुने

पाेखरा | असोज १, २०८१

पोखरामा हुने प्रथम पर्वतीय दौडमा सहभागि हुने खेलाडीहरुले अनलाइनबाटै दर्ता हुने

पोखरा:  पोखरामा आउँदो असोज १२ गते हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागि हुने प्रतियोगिहरुले अनलाइनबाटै फारम भरी दर्ता गर्न सक्ने भएका छन् ।


पोखरा वडा–२२ सहित समग्र पोखराको खेलपर्यटन माध्यमबाट प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा क्लिक प्रा.लि. आयोजना गर्न लागेको उक्त पर्वतीय दौडमा सहभागिताको लागि भदौ ३० देखि असोज ८ गतेसम्म स्वदेशी तथा विदेशी खेलाडीहरुले दर्ता गर्न सक्ने भएको प्रा.लि.ले जनाएको छ ।
 

खेलाडीहरुको बिमा देखि उहाँहरुलाई प्रोत्साहन गर्न स्थानियले भव्य स्वागत गर्ने भएका छन् । ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथ हुने ८ किलोमिटरको दौड प्रतियोगितामा सहभागिहरुले आफ्नो परिचय सहितको ठेगना खुल्ने गरी अनलाइनबाटै फारम भर्न सक्ने व्यबस्था मिलाएको पोखरा क्लिक प्रालि अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले बताए । 


पोखरा वडा २२ सँगै खेलकुदमार्फत समग्र पोखराको आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाई छ ।


पोखरा २२  पुम्दी–भुम्दीमा मानवनिर्मित विश्व शान्ति स्तुप, पुम्दीकोट विशाल महादेवको मूर्ति तथा बुद्ध पार्क पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएका छन् । विश्व शान्ति स्तुपदेखि सुरु भइ पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा वडा २२ कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर दौडको रुट टुंगिने छ ।


खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ७ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । यस्तै, महिला धावक र यू–१६ बालबालिका, पोखरा २२ का वडा धावकमध्ये उत्कृष्ट एक–एक जनालाई नगद ७ हजारसहित प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।
 

आगामी २१ सेप्टेम्बरलाई विश्व शान्ति दिवस तथा २७ सेप्टेम्बरलाई विश्व पर्यटन दिवसको रुपमा मनाइँदैछ । यही सन्दर्भ पारेर पहिलो प्रयास गरिएको पत्रकार एवं कम्पनी अध्यक्ष बरालले बताए । पोखरा क्लिक प्रालिअन्तर्गत हाल पोखरा क्लिक डटकम न्यूज पोर्टल संचालित रहेको कम्पनीका व्यबस्थापक सागर सुनारले जनाए ।
 

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्