बन्दुक भन्दा पत्रकारको कलम बलियो हुन्छः प्रदेश प्रमुख गुरुङ

श्रीसमगरलाई 'कर्म–कर्ण’ आदिवासी जनजाति पत्रकारिता पुरस्कार

पाेखरा | असार २९, २०७९

बन्दुक भन्दा पत्रकारको कलम बलियो हुन्छः प्रदेश प्रमुख गुरुङ

पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बन्दुक भन्दा पत्रकारको कलमको कलम बलियो हुने बताएका छन् ।  फोनिज कास्कीले आयोजना गरेको कर्म– कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार–२०७९ अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख गुरुङले यस्तो अभिव्यक्ति दिएका हुन् । 

 

गुरुङले कहिकतै बन्दुकको निशानामा एकजना मात्र पर्ने बताउदै पत्रकारहरुको कलमले निमले हजारौलाई निशाना लगाउन सक्ने धारणा राखे । 
उनले मुलुकको विकासमा पत्रकारहरुको महत्वपूर्ण भुमिका रहने बताए ।

 

उनले फोनिजमा आवद्ध पत्रकारहरुले आफ्नो कला, संस्कृति तथा ऐतिहासिक महत्व बोकेको सम्पदाको पक्षमा कलम चलाउन आग्रह गरे । प्रदेश प्रमुख गुुरुङले विश्वको राजनैतिक, सामाजिक, आर्थिक जस्ता परिवर्तनमा पत्रकारको कलमको अहम् भुमिका रहेको बताएका थिए । 

 

त्यस्तै पोखरा महानगरपािलकाका उपप्रमुख मञ्जुदेवी गुरूङले आदिवासी जनजातिको क्षेत्रमा फोनिज कास्कीले विभिन्न कार्यक्रमहरु ल्याउन आग्रह गर्दै आफुले पनि सक्दो सहयोग गर्ने धारणा राखिन् । 

 

पुरस्कार ग्रहणपश्चात बोल्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष रूद्र श्रीसमगरले आदिवासी जनजातिहरूको मौलिक संस्कारको जर्गेना गर्नुसबैको कर्तव्य रहेको भन्दै आफ्ना कला, संस्कृतिलाई समेत कर्म बनाएर कलम चलाउदा आनन्दको महसुस गर्नेगरेको बताए ।

 

यसैगरि पुरस्कारदाता समाजसेवी कर्म गुरुङले आफुले स्थापना गरेको पुरस्कारले आदिवासी जनजातिको पक्षमा खटिने र कलम चलाउने सञ्चारकर्मीलाई पुरस्कृत गर्न पाइरहेको बताउदै पुरस्कृत पत्रकारहरूको थप हौसला बढ्ने विश्वास व्यक्त गरेकी थिइन् ।


श्रीसमगरलाई कर्म–कर्ण’ आदिवासी जनजाति पत्रकारिता पुरस्कार

 

सोही कार्यक्रममा ‘कर्म –कर्ण’ आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार रूद्र श्रीसमगरलाई प्रदान गरिएको छ ।

 

तमु धीं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङद्वारा वैवाहिक वर्षगांठको अवसरमा स्थापित आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा प्रदान गर्दै आइएको पुरस्कार पत्रकारिताका माध्यमबाट समाजमा विशिष्ट योगदान गरेको भन्दै श्रीसमगरलाई सो अर्पण गरिएको हो । 

 

उक्त पुरस्कार गण्डकी प्रदेशका प्रमुख माननीय पृथ्वीमान गुरूङ, पोखरा महानगरपालिकाका उप–प्रमुख मञ्जुदेवि गुरूङ, पुरस्कार स्थापिका कर्मा गुरुङ, र फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरूङले संयुक्त रुपमा १० हजार रुपैयाँ नगद सहित गुरूङ जातिको पहिचान झल्काउने भांग्रा र सम्मानपत्र प्रदान गरे । 

 

सोही अवसरमा २०७९ सालको स्थानीय निर्वाचनमा निर्वाचित फोनिज, कास्की शाखाकी संस्थापक कोषाध्यक्ष समेत रहनुुभएकी पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ, अन्नपूर्ण गाउँपालिका वडा नं ९ को अध्यक्षमा निर्वाचित फोनिज कास्कीका निवर्तमान कोषाध्यक्ष रमेश गुरुङ र मादी गाउँपालिका वडा नं १ को अध्यक्षमा निर्वाचित पूर्व कार्यसमिति सदस्य देवीजङ्ग गुरुङलाई भांग्रा, खादा र सम्मानपत्रले सम्मान तथा बधाई ज्ञापन समेत गरिएको थियो ।

 

यस पुरस्कारबाट यसअघि, रीता गुरुङ, तिलक पुन, उदयबहादुर अमात्य, राजबहादुर गुरुङ, शान्ति गुरुङ, हुमबहादुर गुरुङ, एमबी आस्था मगर पुरस्कृत भइसकेका छन् । फोनिज, कास्की शाखाका अध्यक्ष दिलप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन फोनिज कास्कीका सचिव सुशील श्रेष्ठले गरेका थिए ।

 

 

पोखरा: नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बदल्ने निर्णय गरेको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार कृष्ण थाप...

थप पढ्नुहोस्

पोखरा:  राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ मा खड्कराज पौडेल (गणेश) र चुनाव लड्ने भएका छन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् । टिकट पाएसँगै पौडेलले आफ्नो उम्म...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका...

थप पढ्नुहोस्