त्रिशुलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन

चितवन | भदौ ३०, २०८१

त्रिशुलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन

चितवन:   नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशुली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् । ट्रक पानी बाहिर किनारमा रहेको छ ।

    
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार चालक यमबहादुर घलेको मोबाइल स्विचअफ छ । 


घटनास्थल पुगेर फर्कदैं गर्नुभएका रिजालले भन्नुभयो, “चालक सम्पर्कमा छैन, घटना शंकास्पद देखिएको छ ।” दुर्घटनाको अवस्था हेर्दा चालक नदीमा नभएर बाहिर सम्पर्कविहीन भएको हुनसक्ने उहाँको भनाइ छ ।

    
यातायात कार्यालयमार्फत ट्रक धनीको पहिचान गरेर चालक खोजीकार्य भइरहेको उहाँ बताउनुहुन्छ । 


ना ६ ख ६२८३ नम्बरको ट्रक भैरहवाबाट सूर्यमुखी तेल बोकेर ललितपुरतर्फ जाँदै गरेको थियो । 


ट्रकमा दुई हजार दुई सय २५ कार्टुन तेल लोड गरिएको थियो । 


ट्रक आज बिहान सडकबाट झण्डै एक सय मिटर तल त्रिशुली किनारमा खसेको हो ।

पोखरा:    संविधान दिवस, २०८१ तथा राष्ट्रिय दिवसका पोखरामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।   गण्डकी प्रदेश सरकारको आयोजनामा आज पोखरामा संविधान दिवस २०८१ तथा राष्ट्रिय दिवस मनाइएको ...

थप पढ्नुहोस्

काठमाडौं:    परराष्ट्रमन्त्री डा आरजू राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताले आफ्ना जनप्रतिधिद्वारा संविधान लेख्ने प्रतिज्ञाका साथ गरेको निकै लामो सङ्घर्ष र बलिदानको दस्तावेज हो भन्नुभएको छ ।...

थप पढ्नुहोस्

काठमाडौं:    आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ ।  शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल्क रुपमा खुला गरिएपछि चढ्न आउ...

थप पढ्नुहोस्