कोलम्बो ‘आर्ट एक्स्पो’मा सुमनका मिथिला चित्रकला प्रदर्शित
काठमाडाैं | भदौ २७, २०८१
काठमाडौं: चित्रकार एससी सुमन श्रीलङ्कामा भइरहेको ‘कोलम्बो आर्ट एक्स्पो–२०२४’ सहभागी हुनुभएको छ ।
अन्तराष्ट्रियस्तरको कला प्रदर्शनीमा सहभागी हुनुभएका सुमनले मिथिला चित्रकला प्रदर्शन गर्नुभएको छ ।
उहाँको कलामा मिथिला संस्कृतिसँगै इतिहास, मानव सभ्यता, प्रकृति, राजनीतिदेखि ब्रहमाण्ड जगत्को भाव समेटिएको छ ।
एक्स्पोमा सहभागी कलाकार सुमनका अनुसार अन्तर्राष्ट्रियस्तरमा कला प्रदर्शनीमा सहभागी हुँदा एकअर्काको कलासंस्कृति अनुशरण गर्न पाइने बताउनुभयो ।
एक्स्पोमा कला शिविर, कार्यशाला र प्रत्यक्ष प्रस्तुतीकरण पनि गरिएको उहाँले राससलाई बताउनुभयो ।
“सबै देशका कलाकार एकै ठाउँमा जम्मा हुँदा सिक्ने र सिकाउने मौका पाएका छौँ”, उहाँले भन्नुभयो, “यो एक्स्पोको अर्थ पनि कलाको विश्वव्यापीकरण गर्नु र मित्रताको सन्देश दिनु हो ।”
एक्स्पोमा आठ देशका ४० जना कलाकारको कला प्रदर्शनी गरिएको सुमनले जानकारी दिनुभयो । चारदशकदेखि मिथिला कलामा सक्रिय उहाँले बेलायत, चीन, श्रीलङ्कामा ४० पटकभन्दा बढी सामूहिक कला प्रदर्शन गरिसक्नु भएको छ । नेदरल्याण्ड, अष्ट्रेलियाजस्ता देशमा १८ भन्दा बढी एकल प्रदर्शन गर्नुभएको छ ।
‘एनएसजी कलाकार समूह बङ्गलादेश, फ्याकल्टी अफ भिजुअल आर्ट र भिजुअल एण्ड पर्फमेन्स विश्वविद्यालय, श्रीलङ्काको कला सङ्कायको सहकार्यमा एक्स्पो आयोजना गरिएको हो ।
एक्स्पोमा चित्रकला, मूर्तिकला, सिरामिक र प्रिन्टमेकिङलगायतका विधामा कला प्रदर्शन गरिएका छन् । सेप्टेम्बर ६ तारिखदेखि सुरु भएको उक्त अन्तर्राष्ट्रिय कला प्रदर्शनी सेप्टेम्बर १४ सम्म चल्नेछ ।
काठमाडौं: राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायण...
पोखरा: मिस तामाङ पोखराको उपाधी बिरौटाकी सुप्रिया गोले तामाङले जितेकी छिन् । शनिबार पोखरा इभेन्ट सेन्टरमा भएको प्रतिस्पर्धामा अन्य ७ जना प्रतियोगीलाई पछि पार्दै उनले मिस कन्फिडेन्ट सबटाइटल सहित मिस तामाङ पोखराक...
पोखरा: दिनेश राउतको निर्देशनमा तयार भएको नेपाली सिनेमा ‘कुमारी’ को प्रचार–प्रसारका क्रममा पोखरामा आयोजित भव्य कन्सर्ट उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । पोखराको इभेण्ट म्यानेज...

