पोखरामा नाटक जानकी मञ्चन हुँदै

पाेखरा | भदौ २७, २०८१

पोखरामा नाटक जानकी मञ्चन हुँदै

पद्माप्रेम थिएटरको प्रस्तुतीमा पोखरामा शुक्रवारदेखि नयाँ नाटक जानकी मञ्चन हुने भएको छ ।

 

पोखराको गैरापाटन स्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा उक्त नाटक मञ्चन हुन लागेको हो । पद्माप्रेम थिएटरको प्रथम वार्षिकीको अवसरमा यो नाटक मञ्चन हुन लागेको हो ।

 

नाटक पद्माप्रेम थिएटरका अध्यक्ष समेत रहेकाी कलाकार सावित्रा पाठक (सबु( ले लेखेकी हुनु भने गोविन्द पराजुली र शितला अधिकारीको संयुक्त निर्देशनमा नाटक तयार भएको हो ।
 

नाटक शुक्रवारदेपख एक हप्तासम्म मञ्चन हुने अध्यक्ष पाठकले जानकारी दिईन् । नाटक हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ ।


‘यो नाटक यहि समाजमा बसेर यहि समाजको, आफन्तको, श्रीमानको तुच्छता सहेर पनि आफ्नो जिम्मेवारी निभाउने महिलाको कथा हो तर यहि समाजमा मिलेर, जस्तो कठिन समस्यालाइ पनि पार गरेर बस्ने परिवारको पनि कथा हो ।’ पाठकको भनाई छ ।

 

निर्देशक गोविन्द पराजुली भन्छन्, ‘समग्रमा भन्नुपर्दा यो हाम्रो कथा हो, यसले हाम्रो समाज बोल्छ, समाजको यथार्थ बोल्छ । मुख्य कुरा यसले हाम्रो कृषिको  महत्वलाइ दर्साउछ ।’

 

अर्का निर्देशक शितला अधिकारीले नाटकका कलाकार र पाश्र्व मञ्चमा समेत मिहिनेतका साथ काम भईरहेकाले नाटकलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् ।
 

नाटकमा गोविन्द पराजुली, शितला अधिकारी, सावित्रा पाठक (सबु), ज्योती हमाल, सुुमन कार्की एलिसा थापा, बुद्धिसागर खनाल, मुना गुरुङ, विवेक गुरुङ, अभिषेक भुसाल, प्रदीप गौतम (प्रमोद) लगायतको अभिनय रहेको छ । असोज ५ गतेसम्म चल्ने नाटकमा जय चापागाईंले संगीत दिएका छन् ।

पद्माप्रेम थिएटरको प्रस्तुतीमा यस अघि नाटक धनिरामको गोरु मञ्चन भएको थियो । जसलाई दर्शकले अध्यधिक रुचाएका थिए भने व्यवसायिक रुपमा पनि सफल भएको थिएटरले जनाएको छ ।

पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले का...

थप पढ्नुहोस्

गण्डकी:  पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ ।  राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा...

थप पढ्नुहोस्

पोखरा:   आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दान आदी गरी माघे सङ्क्रान्ति मनाइँदै छ ।  पोखराको विभिन्न स्थानमा रहेक...

थप पढ्नुहोस्