‘गौमति बुढामगरको साहसलाई अक्करे भिरले छेकेन’

म्याग्दी | भदौ २६, २०८१

‘गौमति बुढामगरको साहसलाई अक्करे भिरले छेकेन’

म्याग्दी:    चिप्लिएर कुनै दुर्घटना भयो भने सिधै खोलामा खसिन्छ । माथि उक्लन शरिरमा बाँधेको डोरीको समाउनुपर्छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने जोखिमयुक्त बैसरी अधेरीखोलाको भिरमा डेढ महिनादेखि पहिरो रोकथामका लागि रक एंकरिङ गर्ने कामको नेतृत्व गरिरहेकी गौमती बुढामगरको दौडढुप, साहस र सक्रियतालाई अक्करे भिरले छेकेको छैन् ।  


‘‘बर्खायाममा निरन्तर खसीरहने पहिरोमा पहिलो पटक अवलोकन गर्दा काम गर्न कठिनाइ हुन्छ कि भन्ने लागेको थियो,” उहाँले भन्नुभयो “पहिरोभित्र चट्टान भेटिएपछि रोकथाम गर्न सकिन्छ भन्ने लागेर कामको जिम्मा लिएको हुँ, अहिले पर्खाल निर्माण भैसकेको क्षेत्रमा पहिरो खस्न रोकिएको छ । पहिरोको दिगो रोकथामको लागि थप पूर्वाधार निर्माणको काम भैरहेको छ ।”
    
    
बेनी–जोमसोम–कोरला सडक आयोजनामा गजुरमुखी निर्माण कम्पनीको सहायक ठेकेदार बनेर गौमतीले सडक बनाउने काम गर्दै आउनुभएको छ । उहाँले अहिले ३० जना मजदुरहरुलाई दैनिक रुपमा काममा लगाउने गर्नुहुन्छ । 

    
महिलाको नेतृत्वमा भिरबाट खस्ने पहिरोमा ‘रक एंकरिङ’ प्रविधि प्रयोग गरेर रोकथामको काम अन्तिम चरणम पुगेको । बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत कामको जिम्मा लिनुभएकी बुढाथोकी कामको चाँजोपाजो मिलाउने मात्रै होइन, भिरमा चढेर चटान काट्न र रडलाई पहाडमा घुसाउन समेत आफै पहिरोमा खटिने गर्नुहुन्छ । 

    
बैसरी अधेरीखोला क्षेत्रको पहिरो रोकथामको लागि करिब एक सय मिटर लम्बाइको रक एंकरिक प्रविधिको पर्खाल निर्माण गरिएको उहाँले बताउनुभयो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सव ईञ्जिनियर सोहनजंग कार्कीले बुढाथोकीको साहासका कारण पछिल्लो दुई वर्षयता दुःख दिइरहेको बैसरीको भिरमा पहिरो रोकथाम सम्भव भएको बताउनुभयो । 

    
“भिरमा जोखिम मोलेर काम गर्न धेरै निर्माण ब्यवसायी पछि हटेको अवस्थामा गौमतीले आफै फिल्डमा खटिएर एक एंकरिङ गर्नुभयो,” उहाँले भन्नुभयो “आफै ड्रिल, बलास्टिङ गर्ने गौमतिको सिप, अनुभव र क्षमताले कल्पना नगरेको ठाउँमा पहिरो रोकथाम गर्न सम्भव भयो ।”

    
रोल्पाको सुनछहरी गाउँपालिका–३ बाहिरी गाउँकी ३८ वर्षीय बुढाथोकीले अक्करे भिर पहाडमा सडक खन्ने, विस्तार गर्ने र पहिरो रोकथाम गर्ने काम गर्दै आएको १० वर्ष भएको छ । 


बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा गजुरमुखी जेभिले अप्ठेरो काभ्रेभिरको पहाड काट्ने र रक एंकरिङ गरेर सडक फराकिलो बनाउने तथा पहिरो रोकथाम गर्ने कामको जिम्मा बुढामगरलाई दिएको सो कम्पनीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताउनुभयो । 
    

“गौमतिकै नेतृत्वमा अक्करे भिर काभ्रेभिरको डिलतर्फ रक एंकरिङ गरेर पक्कि पर्खाल बनाएर सडकलाई पराकिलो बनाइएको थियो,” उहाँले भन्नुभयो । यस अघि अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा निर्माण भएको मिस्त्रीखोला, निलगिरी र घलेम्दीखोला जलविद्युत आयोजनको पहँुचमार्ग खन्ने क्रममा समेत अक्करे पहाडमा बुढाथोकीले नै नेतृत्व गरेर काम गर्नुभएको थियो ।
    

कमजोर आर्थिक अवस्थाका कारण शसस्त्र द्धन्द उत्कर्षमा पुगेको समयमा १६ वर्षको उमेरमा काम खोज्दै जन्मथलो छोड्नुभएकी गौमतीको अहिले आफ्नै निर्माण कम्पनी युवराज कन्ट्रक्सन छ । सुरुवातमा मजदुर र नाइके भएर पूर्वाधार निर्माण क्षेत्रमा काम गर्नुभएकी गौमतिले श्रीमानलाई समेत व्यवसायमा संलग्न गराउनुभएको छ । 

    
कपिलबस्तुमा घरजग्गा जोडेकी गौमतिले दुई जना छोराहरुलाई सासु ससुरासँगै घरमा राखेर पढाउनुभएको छ । भिर र पहिरोमा ज्यानको जोखिम मोलेर महिलाको नेतृत्वमा रक एंकरिङको काम सफल भएको दृष्यले गौमतीको संघर्ष र सफलताको वास्तविकता देखाउँछ । 


पूर्वाधार निर्माण र अझ त्यसमा पनि भिर र पहिरोको जोखिममा पौठेजोरी खेल्नु सामान्य नभएपनि अप्ठेरो र जोखिमयुक्त ठाउँमा काम गर्नु नै आफ्नो चिनारी बनेको उहाँको भनाइ छ । 

प्रथम पर्वतीय खुला दौड प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्न पोखरा २२, पुम्दीभुम्दीवासीले सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।   बिहीबार पोखरा २२, वडा कार्यालय सभाहलमा भएको छलफलमा सहभागी विभिन्न सं...

थप पढ्नुहोस्

काठमाडौँ:    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको बताएक...

थप पढ्नुहोस्

बागलुङ:    धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ ।   धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० दे...

थप पढ्नुहोस्