पोखरामा आफ्नै श्रीमतीको हत्या आरोपमा कुँवर पक्राउ

पाेखरा | भदौ २६, २०८१

पोखरामा आफ्नै श्रीमतीको हत्या आरोपमा कुँवर पक्राउ

पाेखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका ८ बगालेटोलमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा अन्दाजी  ४२ वर्षीय जहर कुँवर रहेका छन् ।


कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भई पोखरा–८ बगालेटोल बस्ने अन्दाजी ४२ वर्षीय  कुँवरले अन्दाजी  ४० वर्षीया राधिका कुँवरलाई धारिलो हतियार प्रहार गरेर हत्या भएको देखिएको छ । 


प्रारम्भिक अनुसन्धानको क्रममा  हत्याको कारण भने घरायसी विवाद देखिएको प्रहरीले जनाएको छ । 
 

कास्की प्रहरीले हत्या आरोपी कुँवरलाई नियन्त्रणमा लिई लैजाने क्रममा स्थानीयहरुले कुटपिटको प्रयास गरेका थिए ।


उनीहरुको एक छोरा रहेको प्रहरीले जनाएको छ । 


 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्