वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी

तनहुँ | भदौ २५, २०८१

वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी

तनहुँ (दमौली):​ वनमा रहेका वन्यजन्तुलाई पानी पिउन सजिलो होस् भन्ने उद्देश्यसहित डिभिजन वन कार्यालय तनहुँले विभिन्न सामुदायिक वनमा पोखरी निर्माण गरेको छ ।


वनजङ्गमा हुने वन्यजन्तुका लागि लक्षित गरी कार्यालयले १० ठाउँमा पोखरी निर्माण गरेको हो । 

 

आर्थिक वर्ष २०८०/८१ मा रु दश लाखको लागतमा दश ठाउँमा पोखरी निर्माण गरिएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिनुभयो ।

 

मानव वन्यजन्तु व्यवस्थापनका लागि वनमा पोखरी निर्माण गरिएको पण्डितको भनाइ छ । वनमा पानीको स्रोत मासिँदै गएपछि घर छेउ पानी खोज्दै आउने वन्यजन्तुले मानिसलाई आक्रमण गर्न थालेपछि वन कार्यालयले पोखरी संरक्षण अभियान थालेको हो । 

 

पण्डितले भन्नुभयो, “तनहुँमा केही वर्षयता चितुवाको बढी आतङ्क छ, जङ्गलमा पानीको स्रोत मासिँदै गयो, चितुवा पानी खोज्दै बस्ती पस्न थाल्यो ।” 

 

वन कार्यालयले थालेको यो अभियानलाई कतिपय स्थानीय तहले पनि अग्रसरता लिएर आफैले पोखरी निर्माण गर्न थालेका छन् । प्रत्येक सामुदायिक वनभित्र पोखरी भइदिए वन्यजन्तु जङ्गलमै बस्ने र बस्तीसम्म आउने सम्भावना कम हुने पण्डितको भनाइ छ . 


यसैबीच कार्यालयले बन्दीपुर गाउँपालिका–५ थुम्कास्थित याम्पा सामुदायिक वनमा भएको अतिक्रमण हटाएको छ । वन क्षेत्र अतिक्रमण गरी छाप्रो बनाएको र आवादी गरेको ठाउँमा वन कार्यालयले सामुदायिक वन, वडाध्यक्ष र स्थानीयको सहयोगमा अतिक्रमित क्षेत्रको टहरा भत्काएको जनाएको छ । 

 

१५ वन्यजन्तुको उद्धार

 

यस्तै कार्यालयले गत आर्थिक वर्षमा १५ वन्यजन्तुको उद्धार गरेको छ । कार्यालयले रतुवा मृग, कोभ्राको बच्चा, अजिङ्गर, गिद्ध, कालो बाज, निरबिरालोको उद्धार गरेको डिभिजन वन कार्यालयका प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो ।उद्धार गरिएका वन्यजन्तुलाई सुरक्षित बासस्थानमा छाडिएको उहाँले बताउनुभयो । 


उहाँका अनुसार विसं २०८० भदौ १९ गते व्यास नगरपालिका–३ दमौली अस्पताल नजिकबाट रतुवा मृग, विसं २०८० भदौ २६ गते व्यास–१ गल्वुबँेसीबाट कोभ्राको बच्चा, विसं २०८० असोज ५ गते ऋषिङ गाउँपालिका–१ झापुटारबाट रतृवा मृग, विसं २०८० मङ्सिर १० गते व्यास–१४ रुम्सीबाट अजिङ्गर, विसं २०८० पुस २० गते व्यास–५ मादीसेती दोभानबाट डङ्गर गिद्ध, विसं २०८० फागुन ९ गते म्याग्दे गाउँपालिका–७ बाट रतुवा मृगको उद्धार गरिएको छ । 

 

त्यसैगरी विसं २०८० चैत १९ गते व्यास–१३ बाट अजिङ्गर, विसं २०८१ वैशाख १५ गते व्यास–१३ बाट कालो बाज, विसं २०८१ वैशाख २८ गते शुक्लागण्डकी नगरपालिका–८ बाट रतुवा मृग र विसं २०८१ जेठ १ गते शुक्लागण्डकी नगरपालिका–७ बाट निरबिरालोको उद्धार गरिएको श्रेष्ठले बताउनुभयो । 

 

चितुवाको आक्रमणबाट १५ को मृत्यु

तनहुँमा विगत सात वर्षको अवधिमा १५ बालबलिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७४/७५ देखि चालु आर्थिक वर्ष २०८१/८२ को बीचमा चितुवाको आक्रमणबाट १५ जनाको मृत्यु भएको हो ।

 

सोही अवधिमा २१ जना घाइते भएका छन् । आर्थिक वर्ष २०७४/७५ मा चितुवाको आक्रमणबाट एक, आर्थिक वर्ष २०७५/७६ मा तीनको मृत्यु र तीन घाइते, २०७६/७७ मा पाँचको मृत्यु र छ घाइते, २०७७/७८ मा एकको मृत्यु र चार घाइते, २०७८/७९ मा दुईको मृत्यु र दुई घाइते, २०७९/८० मा दुईको मृत्यु र दुई घाइते, २०८०/८१ मा चार घाइते र २०८१/८२ मा एक जनाको मृत्यु भएको छ । 
 

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।   पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

थप पढ्नुहोस्