तीज गीत प्रतियोगितामा सञ्जीवनी दिदीबहिनी समूह पहिलो
पाेखरा | भदौ २३, २०८१
पोखरा: मौलिक संस्कृतिको जगेर्ना एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखराको फेवातालस्थित वाराहीघाटमा आयोजना गरिएको तीज गीत महोत्सव तथा प्रतियोगितामा पोखरा महानगरपालिका–६ बैदामको सञ्जीवनी दिदीबहिनी समूह पहिलो भएको छ । उक्त प्रतियोगितामा सहभागी भएका २२ समूहबीच प्रतिस्पर्धा गराइएको थियो ।
आयोजक संस्था पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) पोखराका अध्यक्ष कमला गिरीका अनुसार विजयी सञ्जीवनी दिदीबहिनी समूहलाई रु ३० हजारसहित पुरस्कृत गरिएको छ ।
यस्तै प्रतियोगितामा द्वितीय भएको सहनशील दिदीबहिनी समूह पोखराले रु २० हजार तथा तृतीय भएको अमरसिंह दृष्टिविहीन समूह पोखराले रु १५ हजार पुरस्कार प्राप्त गरेको छ । सहभागी २२ समूहमध्ये १२ समूहलाई रु पाँच हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिएको अध्यक्ष गिरीले बताउनुभयो ।
टेवानद्वारा आयोजना गरिएको दोस्रो संस्करणको उक्त तीज गीत महोत्सवको उद्घाटन शुक्रबार गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गर्नुभएको थियो । त्यस्तै प्रतियोगिताअन्तर्गत रस्साकस्सीमा समावेशी आमा समूह विजयी भएको छ भने दुई दिनसम्म निरन्तर आफ्नो नाच प्रस्तुत गर्ने इन्दिरा अधिकारी पुरस्कृत हुनुभएको छ ।
पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै यहाँको पर्यटन प्रवर्द्धन गर्न पर्यटन व्यवसायी महिला सङ्घ ९टेवान० पोखराले यस्तो महोत्सव सुरु गरेको हो । टेवानका अध्यक्ष गिरीले मौलिक संस्कृतिको जगेर्नाका साथै पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष दोस्रो संस्करणको तीज गीत महोत्सव आयोजना गरिएको बताउनुभयो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

