घाइते अवस्थामा देखिएको चितुवा मृत फेला
गोरखा | भदौ २१, २०८१
गोरखा: गोरखा नगरपालिका–१० स्थित बिरिन्चोक नजिकैको खोल्सीमा घाइते अवस्थामा देखिएको चितुवा मृत फेलापरेको छ । बजार क्षेत्र नजिकै खोल्सीको झाडीमा घाइते अवस्थामा भेटिएको चितुवाको उद्धारमा ढिलाइ हुँदा मृतावस्थामा फेलापरेको हो ।
मृत भेटिएको चितुवा वयस्क अवस्थाको पोथी चिुतवा रहेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शालिण्यले जानकारी दिनुभयो ।
“स्थानीयवासीले चितुवा भेटिएको जानकारी गराएपछि डिभिजन वन कार्यालय गोरखाबाट कर्मचारी परिचालन गरी बुधबार दिनभरि उद्धारको प्रयास गरिएको भए पनि सकिएको थिएन”, उहाँले भन्नुभयो, “बिहीबार उद्धारका लागि सोही स्थानमा पुगेर खोजी गर्दा बिरिन्चोक बजार नजिकै पानी ट्याङ्कीमा चितुवा मृतावस्थामा फेला प¥यो ।”
चितुवाको शरीरमा कुनै चोटपटक नदेखिएको उहाँको भनाइ छ । “शरीरमा घाउचोट केही छैन”, उहाँले भन्नुभयो, “चितुवालाई कसैले विष खुवाएको वा आफैँ अस्वस्थ भएर मरेको हुनसक्छ ।” वन डिभिजन कार्यालय गोरखासँग चितुवा उद्धारका लागि डार्ट गर्ने जनशक्ति नहुँदा उद्धारमा ढिलाइ भएको प्रमुख शालिण्यको भनाइ छ ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा मृत चितुवाको परीक्षण गरी डिभिजन वन कार्यालय परिसरमा गाडिएको उहाँले जानकारी दिनुभयो ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

