पोउवासंघ महाधिवेशन: १६ बुँदे प्रतिबद्धतासहित अर्जुन पोखरेल प्यानल व्यवसायीको घरदैलोमा

पाेखरा | भदौ २०, २०८१

पोउवासंघ महाधिवेशन: १६ बुँदे प्रतिबद्धतासहित अर्जुन पोखरेल प्यानल व्यवसायीको घरदैलोमा

पोखरा:    पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदै छ । महाधिवेशनबाट नयाँ नेतृत्व आउने भएकाले अध्यक्षमा उम्मेदवारी दिएका अर्जुन पोखरेल प्यानलसहित व्यवसायीको घरदैलोमा पुगिरहेका छन् । 


पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल र गोकर्ण काकी चुनावी मैदानमा छन् । 


पोखरेल प्यानलको १६ बुँदे प्रतिबद्धता पत्रमा केः छ ? 


पोखरा उद्योग वाणिज्य संघको ३५ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले अध्यक्षका उम्मेदवार अर्जुन पोखरेल प्यानलसहित १६ बुँदे प्रतिबद्धता पत्रसहित व्यवसायीको घरदैलोमा पुगीरहेका छन् । 


पोखरेल प्यानलले १६ बुँदे प्रतिबद्धता पत्रमा पोखरा उद्योग वाणिज्य संघको छविलाई उठाउने, आर्थिक मन्दीका समयमा समस्यामा परेका व्यवसायीको हितबमोजिम काम गर्ने, उद्योग र कृषि क्षेत्रका समस्यालाई समाधान गर्न पहलकदमी गर्ने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्न पहलकदमी गर्ने उल्लेख गरेका छन् ।  


यस्तै पोखरा भित्रिने जीर्ण राजमार्गलाई छिटो निर्माण गर्न समन्वयकारी भूमिका खेल्ने, यातायात व्यवसायी र सर्वसाधारणका समस्यालाई समाधान गर्न समन्वय गर्ने, पर्यटकीय राजधानी पोखराको पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउन पहलकमी गर्ने, ऋण तिर्न नसकेर कालो सूचीमा परेका व्यवसायीहरुको समस्या समाधानमा पहलकदमी गर्ने प्रतिवद्धता जनाएका छन् । 


पोखरेल प्यानलले कर र ऋणको ब्याजमा छुट दिन सरकार र बैँकलाई तोकता गर्ने, उद्यमशीलताको विकास गरी युवालाई स्वरोजगार बनाउने बाटोमा पहलकदमी गर्ने, व्यवसायी संघसंस्थासँग समन्वय गर्दै समस्याको समाधान गर्न नेतृत्वदायी भूमिका खेल्ने, तीनै तहको सरकारसँग समन्वय गर्दै व्यवसायीमैत्री नीति निर्माणमा पहलकदमी गर्ने व्यवसायी समक्ष प्रतिवद्धता जनाएका छन् । 


यस्तै घरबेटीले बहाल पाउने र व्यवसायीले तिर्न सक्ने समन्वयकारी भूमिका खेल्ने, फेवातालको मापदण्डको समस्या समाधान गर्न समन्वयकारी भूमिका खेल्ने, पार्किङको समस्या समाधान गर्न महानगरसँग समन्वय गर्ने र शिक्षा, स्वास्थ्य लगायत सेवामुलक व्यवसायीमा देखिएका समस्या समाधान गर्न अग्रणी भूमिका खेल्ने प्रतिबद्धता जनाएका हुन् । 


पोखरेल प्यानलका तीन उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष निर्विरोध 


पोखरेलको प्यानलमा रहेका उत्तममान बुद्धचार्य (वरिष्ठ उपाध्यक्ष), दिनेशचन्द्र बास्तोला (उपाध्यक्ष,उद्योग), बलराम आचार्य (उपाध्यक्ष, वाणिज्य), शोभा गौतम (महासचिव) र मनोजकुमार श्रेष्ठ (कोषाध्यक्ष) मा निर्विरोध बनिसकेका छन् । 


यस्तै पोखरेल प्यानलमा नै रहेका कार्यसमिति सदस्यमा बन्दना केसी (कर्पोरेट सदस्य), एकनारायण गौतम (औद्योगिक सदस्य), राम कँडेल (कर्पोरेट सदस्य)मा निर्विरोध बनिसकेका छन् । निर्विरोध भएका उनीहरुलाई निर्वाचन समितिले आधिकारिक घोषणा गर्न बाँकी छ । 


पोखरेलको प्यानलमा वरिष्ठ उपाध्यक्ष पदमा उत्तममान बुद्धाचार्य, उपाध्यक्ष (उद्योग) पदमा दिनेशचन्द्र बास्तोला, उपाध्यक्ष (वाणिज्य) पदमा बलराम आचार्य, महासचिव पदमा शोभा गौतम, कोषाध्यक्ष पदमा मनोज कुमार श्रेष्ठ, उपमहासचिव पदमा बालकृष्ण कोइराला रहेका छन् । 


यस्तै कार्यसमिति सदस्यहरुमा क्रमशः भीम गौतम, जीवन प्रकाश श्रेष्ठ, प्रेम प्रसाद सुवेदी, सौगात थापा, लेखनाथ सुवेदी, देवेन्द्र प्रजु, टिकाराम सुवेदी (माधव), ललित बहादुर कुँवर, दुधमान (आशिष) गुरुङ, यादव प्रसाद पोखरेल रहेका छन् ।
 


 

झापा:   जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका कैदी फरार भएसँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।       भद्रपुर नगरपालिका...

थप पढ्नुहोस्

काठमाडौं:    बाह्रखरी मिडियाले छैटौँ ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा गरेको छ । मिडियाले आज काठमाडौँमा पत्रकार सम्मेलनमार्फत कथा लेखनको सम्वर्द्धन र प्रवर्द्धन गर्ने...

थप पढ्नुहोस्

पोखरा:   कास्की प्रहरीले विभिन्न मुद्धामा दोषी करार भएका फरार ८६ जना अभियुक्तहरुलाई पक्राउ गरेको छ ।     भदौं महिनाभर कास्की जिल्ला अदालतबाट दोषी ठहर भएका ६३ जना पुरुष र २३ जना म...

थप पढ्नुहोस्