मिस मगर नेपालको ग्राण्ड फिनाले शनिबार, धिरज र उपसना आउने
पाेखरा | भदौ २०, २०८१
पोखरा: निट डेन्टल केयर प्रिजेन्ट्स सातौं मिस मगर नेपाल–२०२४ को ग्राण्ड फिनालेमा चलचित्र खुस्माका नायक तथा नायिका आउने भएका छन् ।
पोखरा १७ स्थित होटल ग्राण्डमा यही शनिबार (२२ गते) हुने फिनालेमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी सहभागि हुने टिम संयोजक प्रियंका गर्बुजामगरले जानकारी दिइन् ।
उनका अनुसार उक्त दिन उनीहरुले रुकुमको मैकोटमा निर्माण भएको चलचित्र खुस्माको प्रचारप्रसार गर्नेछन् ।
अशोक थापामगरले निर्माण गरेको सो चलचित्रलाई असोज ३ गतेदेखि प्रर्दशनमा ल्याउने तयारी छ । उक्त कार्यक्रममा मिस मगर नेपालका अन्तिम ११ प्रतिस्पर्धीमध्येबाट एक जनाले ताज जित्नेछिन् ।
अहिले प्रतियोगीहरु अन्तिम प्रशिक्षणमा छन् ।
एसटी क्रियसन म्यानेजमेन्टको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा आयोजना हुने कार्यक्रमको तयारी अन्तिम चराणमा पुगेको निर्देशक सुरज थापाले जानकारी दिए ।
उनका अनुसार कार्यक्रम ग्राण्ड होटलमा यही २२ गते शनिबार दिउँसो २ बजेबाट शुभारम्भ हुनेछ ।
यि हुन्, अन्तिम ११ प्रतिस्पर्धी
अन्तिम प्रतिस्पर्धीहरुले करिब १ महिनासम्म सिकेका कुराहरुलाई ग्राण्ड फिनालेमा प्रस्तुत गर्दैछन् । त्यसैको आधारमा मिस मगर नेपाल चुनिनेछ ।
सुस्मिता पुनमगर, विनु रानामगर, दिवा पाइजामगर, कविता थापामगर, दिक्षा थापामगर र उमा पुनमगरको कोरियोग्राफी रहने मिस मगर नेपाल २०२४ को अन्तिम प्रतिस्पर्धीका रुपमा दिपिका आलेमगर (रामेछाप) आशिका गर्बुजामगर (बेगखोला, म्याग्दी), अनुजा पुनमगर (तंग्राम, बाग्लुङ) नरिशा पुनमगर (मुदी, म्याग्दी), सरिता थापामगर (मन्थली, रामेछाप), माया दर्लामीमगर (वालिङ, स्याङ्जा), रश्मि आलेमगर (गौशाला, महोत्तरी), जानकी राजकोटीमगर (बर्दीबास, महोत्तरी), अश्मिता बुढामगर (जेल्बाङ, रोल्पा), कृष्टीना पुनमगर (दग्नाम, म्याग्दी) र जेरुशा सारुमगर (काठमाण्डौं) रहेका छन् ।
कार्यक्रमलाई विभिन्न संस्थाको साथ
उक्त कार्यक्रमलाई सफल बनाउन विभिन्न संघ तथा संस्थाहरुले साथ दिएका छन् ।
सो संस्थाहरुमा निट डेन्टल केयर प्रा.लि, आइवा एजुकेशन कन्सलटेन्सी, लिटल पोखरा ट्राभल्स एण्ड ट्रेकिङ्ग प्रा.लि, युमे जापानिज ल्याङ्व्येज, सोल फेशन, परिचय एड्भटाईजिङ्ग, त्रिपुरा लाउन्च, मुग्लान रेण्टुरेन्ट लगायतको सहयोग रहेको छ ।
यस्तै मिडिया पार्टनरमा सुनगाभा न्यूज, फेवा टेलिभिजन र सोसल मिडिया पार्टनरमा मगर संसार फोटो ग्यालरी रहेको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

