भत्ता विरोधी आन्दोलनमा गुञ्जियो नारा ‘कता गयौं पियारी, एक करोड सिंगारी’
पाेखरा | असार २८, २०७९

अनेरास्ववियु र युवा मञ्चका कार्यकर्ता यतिबेला गण्डकी प्रदेशसभा अगाडी भत्ताविरोधी मन्त्री, सांसदविरुद्ध नारा लगाउँदै आन्दोलित भएका छन् ।
उनीहरुले लगाएको नारामध्ये आकर्षक नारा बनेको छ ‘कता गयौं पियारी, एक करोड सिंगारी ।’ गण्डकी प्रदेश सभा सदस्य तथा राष्ट्रिय जनमोर्चाका संसदीय दलकी नेतृ पियारी थापाले गाउँमैत्री अक्षयकोष (जिमाक) लाई छुट्याएको बजेट विरुद्ध यो नारा हो ।
थापाले जिमाकको नाममा यसअघि पनि १ करोड २० लाख रुपैयाँ लिइसकेको बताइएको छ । यसपटकको बजेटमा सोही संस्थालाई ६० लाख रुपैयाँ विनियोजन गरेपछि थापा आलोचित बनेका छन् ।
परिवार र नातेदारको नाममा बजेट छुट्याउनेमा मुख्यमन्त्रीदेखि अन्य मन्त्रीसमेत रहेका छन् । प्रदर्शनकाक्रममा ‘मुख्यमन्त्री राजीनमा दे’, ‘देश लुट्न पाइँदैन’, ‘वडामन्त्री मुर्दावाद’ लगायतका नारा लगाएका छन् ।
पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको विरोधमा उनीहरुले क्याम्पसको होस्टल तत्काल निर्माण गर्न समेत अनुरोध गरेका छन् ।
यसै विषयमा केहिछिन पछि मुख्यमन्त्री कृष्णचन्द्र पाेखरेल नेपालीले सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...