जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेका र्छौं: मुख्यमन्त्री पाण्डे
बाग्लुङ | भदौ १८, २०८१
बागलुङ (ढोरपाटन): गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनुभएको छ ।
आज बागलुङ नगरपालिका–४ उपल्लाचौरमा आयोजित ‘आधुनिक बसपार्कसम्बन्धी’ कार्यक्रममा उहाँले सीमित स्रोतसाधनका बीच जनताको आवश्यकता र मागअनुसार प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।
प्रदेश सरकारसँग ढुकुटी र स्रोतसाधन निकै कम भएकाले जनताको माग र आवश्यकतानुसार सबै ठाउँमा एकैपटक काम गर्न नसकेको उहाँको भनाइ थियो ।
मुख्यमन्त्री पाण्डेले राजनीतिक अस्थिरताका कारण सरकार बन्ने र ढल्ने गरेकाले हाल संसद्का प्रमुख दुई पार्टीसहितको गठबन्धन सरकार बनेकाले सुशासन, विकास र समृद्धिका लागि काम हुने विश्वास दिलाउनुभयो ।
“एकातिर प्रदेश सरकारसँग स्रोतसाधनको कमी छ, अर्कोतिर राजनीतिक अस्थिरताका कारण छिटोछिटो सरकार बदलिने समस्या छ । यसकारण पनि जनताको इच्छा, आकाङ्क्षा र आवश्यकतानुसार काम हुनसकेको छैन”,उहाँले भन्नुभयो, “अहिले प्रदेशमा नयाँ सरकार बनेको छ, यो सरकारले नागरिकको निरासालाई चिर्नेगरी काम गर्नेछ । त्यसमा हामी एकताबद्ध भएर लागिरहेका छौँ ।”
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश पर्यटकीय केन्द्र भएको हुँदा पोखरासँग सबै जिल्लालाई जोडेर पर्यटनमार्फत समृद्धि हासिल गर्न सकिने धारणा राख्नुभयो । प्रदेश सरकारले गण्डकीका ११ वटै जिल्लालाई पर्यटनसँग जोड्नका लागि गृहकार्य गरिरहेको उहाँले जानकारी दिनुभयो ।
पोखरा: दिनेश राउतको निर्देशनमा तयार भएको नेपाली सिनेमा ‘कुमारी’ को प्रचार–प्रसारका क्रममा पोखरामा आयोजित भव्य कन्सर्ट उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । पोखराको इभेण्ट म्यानेज...
पोखरा: पोखराका पत्रकार धन बस्नेत र सागरराज तिमिल्सिनालाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने उक्त पुरस्कार २०८१ बाट ...
काठमाडौं: नेपाल आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोटको आफ्नो पहिलो खेलमा थाइल्याण्डसँग ८ विकेटले पराजित भएको छ। १ सय २३ रनको लक्ष्य थाइल्याण्डले १६.५ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो। थाइल्याण्डका लागि...

