कुटपिट गरी धनमाल लुटपाट

सिरहा | भदौ १८, २०८१

कुटपिट गरी धनमाल लुटपाट

सिरहा:    यहाँको गोलबजार नगरपालिका—१ मुक्सारमा सोमबार राति लुटेराको एक समूहले धनमाल लुटपाट गरेको छ । स्थानीय जागेश्वर रामको घरमा राति १२ बजेको आसपासमा १२/१५ जनाको समूहमा आएका लुटेराहरुले १२ हजार नगद, सुन र चाँदीका गहना लुटेर लगेका हुन् ।


लुटेरा समूहले जागेश्वरलाई कुटपिट गरी उहाँको मोबाइल नियन्त्रणमा लिएर नगद, चाँदी र सुनका गहना लुटेको स्थानीय शिक्षक सागर पूर्वेले जानकारी दिनुभयो । घटनालगत्तै स्थानीयले मुक्सारमै रहेको प्रहरी चौकीमा फोन गरे पनि चार घण्टा पछिमात्र प्रहरी आइपुगेको बताएका छन् । 


इलाका प्रहरी कार्यालय गोलबजारले भने सामान्य चोरीको घटना भएको जनाएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल कार्कीले भन्नुभयो, “सामान्य चोरी भएको भन्ने सूचना आएको थियो । हामीले प्रहरी टोली खटाइसकेका छौँ । थप अनुसन्धान गर्दै छौँ ।” 

    
सिरहाको लहान, धनगढीमाई, गोलबजार लगायतका स्थानमा पछिल्लो समय चोरी तथा डकैतीका घट्ना बढेका छन् । खासगरी घरमै धनमाल राख्ने वित्तीय साक्षरता कम भएका दलित समुदायमा यस्ता घट्ना बढ्दो छ ।

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्