८.३ प्रतिशतले बढे विदेशी पर्यटक
काठमाडाैं | भदौ १७, २०८१

काठमाडौँ: सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ ।
नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ पर्यटक बढी नेपाल भित्रिएका हुन् ।
सन् २०२३ को अगष्टमा कुल ६७ हजार १५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार ७१९ जना पर्यटक नेपाल भित्रिएका छन् ।
अगष्टमा भारतबाट सबैभन्दा बढी २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलङ्काबाट चार हजार ८५१ र बङ्गलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल आएका छन् ।
बोर्डका अनुसार सन् २०२२ को अगष्टमा ४१ हजार तीन सय चार, सन् २०२१ को अगष्टमा छ हजार ९३ र सन् २०१९ को अगष्टमा ९४ हजार सात सय ४९ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
पोखरा: पोखरामा अवैध सुनचाँदीका गहनासहित जिल्ला प्रहरी कार्यालय कास्कीले ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–२,३,४,९ वडाको विभिन्न स्थानमा अवैध रुपमा सुनचाँद...
धनगढी: कैलाली कारागारमा हिजो राति भएको भीषण झडपमा एक जनाको मृत्यु र ४७ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र एक जनाको आइसीयुमा उपचार भइरहेको जिल्ला प्रशासन कार्याल...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुनुभएको छ । तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा ...