गण्डकीमा भागबन्डा: २ मन्त्रालय थप्ने, मनाङे र फडिन्द्रलाई नफ्याक्ने
पाेखरा | भदौ १६, २०८१

पोखरा: गण्डकी प्रदेशमा २ मन्त्रालय थपिने भएको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अहिले भएको मन्त्रालयलाई टुक्राएर ९ मन्त्रालय बनाइने पत्रकार सम्मेलन गर्दैजानकारी दिए ।
उनका अनुसार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई छुट्याएर उद्योग पर्यटन र वन तथा वातावरण मन्त्रालय बनाइएको छ । भने, यसअघि रहेको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई अलग–अलग गरिएको छ ।
मुख्यमन्त्री पाण्डेका अनुसार आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले सात मन्त्रालयबाट दुई मन्त्रालय थपेर ९ मन्त्रालय बनाउने निर्णय गरेको हो ।
गण्डकीमा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटापनि निरन्तरता दिनकै लागि मन्त्रालय थपेको मुख्यमन्त्री पाण्डेले संकेत गरे ।
उनले यसअघि पनि आफुलाई संकट परेको बेला सहयोग गरेको भन्दै नहटाउने धारणा राख्दै आएका थिए ।
उनका अनुसार ति दुईजनालाई कांग्रेसकै कोटाबाट मन्त्री बनाउने सहमति जुटेको छ ।
यता नेकपा एमालेले भने मन्त्री कसलाई बनाउने भन्दै कसरत थालेको छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७ र एमालेका २२ सांसद छन् ।
स्वतन्त्र सांसद र नेसपा सांसद पनि मन्त्रीमा निरन्तर हुने भएपछि पाण्डे सरकारलाई ५१ संसद्को समर्थन हुने देखिएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सँग सभामुखसहित ७ सांसद छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सांसद छन् ।
काठमाडौं: ‘सङ्घीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले प्रतिवेदन सभा...
पाँचथर: पाँचथरको याङवरक गाउँपालिका–१ बिरुवामा बेपत्ता भएका दाजु–बहिनी मृत अवस्थामा भेटिएका छन् । गएको साउन १५ गते बिहानदेखि हराइरहेका बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर र ६ वर्...
चितवन: नारायणगढ–मुग्लिन सडकखण्डका अधिकांश भाग भित्तो खनेर बनाइएको र विस्तार गरिएको हुँदा सधैँ पहिरो र ढुङ्गा खस्ने जोखिम हुने गर्दछ । समयसमयमा पहिरो र ढुङ्गा खसेर भएका मानवीय क्षति धेरै छन् । ...