पोखरामा हाइड्रोपावरको तामाको तार चोरी गर्ने ३ पक्राउ
पाेखरा | भदौ १५, २०८१
पर्वत: हाइड्रोपावरमा स्टोर गरिराखेको तामाको तार चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले तीनजनालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका-१४ मझेरीपाटनमा बस्ने २९ वर्षीय सुजन परियार, सोही वडाको आर्मी प्लटिङ बस्ने ३७ वर्षीय विकास खवास र वडा नं. १५ खाल्टेमसिना बस्ने वर्ष २६ वर्षीय निशान दर्जी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्त कुमार शर्माका अनुसार गत साउन १२ गते राति पोखरा महानगरपालिका–१४ मझेरीपाटन गोर्खा भिलेज स्थित सिभिल हाइड्रोपावर स्टोर्सबाट तार चोरी भएको थियो।
कम्पाउण्डमा स्टोर गरी राखेको ३३ के।भी। ट्रान्समिसन लाइनमा प्रयोग हुने अन्डरग्राउण्डर पावर केवलको लागि आवश्यक पर्ने तामाको तार, आल्मोनियम अन्डरग्राउण्ड पावर केवल र जेनरेटरको पार्टपुर्जा समेत गरी अन्दाजी छ लाख बराबरको सामान चोरी भएको थियो।
पोखरा महानगरपालिका-१४ चाउथेमा तारको बाहिरी पत्र फाली तामाको तार मात्र बोरामा राख्न लागेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

