विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैन: मन्त्री भट्टराई
चितवन | भदौ ८, २०८१
चितवन: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पार्नुभएको छ ।
आज बिहान भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयमा भएको गुण्डागर्दी नियन्त्रणका लागि नै गृहमन्त्रीसँग सुरक्षा मागेको उल्लेख गर्नुभयो ।
“विश्वविद्यालयमा राजनीति नभइ गुण्डागर्दी भएको हो”, उहाँले भन्नुभयो, “हरेक क्षेत्रमा गृहमन्त्रालयले सुरक्षा दिने भएका कारण गृहमन्त्रीसँग सुरक्षा मागिएको हो ।”
विश्वविद्यालयमा गुण्डागर्दी र अपराधिकरण स्वीकार्य नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “गुण्डागर्दी र अपराधिकरण चरित्र हो । त्यस्ता प्रवृत्तिविरुद्ध सुरक्षा माग गरिएको हो । यस्ता गतिविधिमा राजनीतिक संरक्षण हुनु हुँदैन ।”
मन्त्री भट्टराई नवलपुरमा हुने कार्यक्रममा सहभागी हुन यहाँ आउनुभएको हो ।
पोखरा: २०८२ माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको छ । पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भ...
काठमाडौं: काठमाडौं महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्। आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्। स्थानीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्र...
काठमाडौं: राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायण...

