सर्पले डस्दा तीन घाइते
बैतडी | भदौ ६, २०८१
बैतडी: बैतडीमा सर्पले डस्दा तीन घाइते भएका छन् । जिल्लाका छुट्टाछुट्टै स्थानमा सर्पले डस्दा तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाका एक÷एक जना सर्पको डसाइबाट घाइते भएका हुन् ।
बुधबार जिल्लाको दशरथचन्द नगरपालिका–२ मगराउँकी ३५ वर्षीया भावना बोहरा, मेलौली नगरपालिका–३ बागगोठका १८ वर्षीय धीरेन्द्र ठगुन्ना र पञ्चेश्वर गाउँपालिका–४ विनायककी ३० वर्षीया धौली चन्द सर्पले डस्दा घाइते भएका हुन् ।
बोहरालाई घर नजिकैको मकैबारीमा घाँस काटिरहेका बेला सर्पले डसेको थियो । उनी जिल्ला अस्पताल बैतडीमा उपचार गरेर घर फर्किसकेकी छन् । मेलौली नगरपालिका–३ बागगोठका ठगुन्नालाई बाटोमा हिँडिरहेका बेला बुधबार दिउँसो सर्पले डसेको थियो ।
पञ्चेश्वर गाउँपालिका–४ विनायककी चन्दलाई खेतबारीमा घाँस काटिरहेका बेला सर्पले डसेको थियो । ठगुन्ना र चन्द दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्थामा सामान्य रहेको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो ।
पोखरा: २०८२ माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको छ । पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भ...
काठमाडौं: काठमाडौं महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्। आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्। स्थानीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्र...
काठमाडौं: राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायण...

