भरतपुरबाट १९ हजार बढीले लिए ‘ड्राइभिङ लाइसेन्स’

चितवन | भदौ ६, २०८१

भरतपुरबाट १९ हजार बढीले लिए ‘ड्राइभिङ लाइसेन्स’

चितवन:    यातायात व्यवस्था कार्यालय भरतपुरबाट १९ हजार ७४ जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् ।

 

कार्यालयले विसं २०८० वैशाख ४ गते देखि सवारी चालक अनुमतिपत्र दिन सुरु गरेको थियो ।  उनीहरुले नयाँ र वर्ग थप गरेर सवारी चालक अनुमतिपत्र लिएका हुन ।

 

कार्यालयका प्रशासकीय अधिकृत सुरेशकुमार चपाईका अनुसार कार्यालयबाट सवारी चालक अनुमतिपत्र प्रदान तथा नवीरण गर्दै आएको छ ।

 

सो अवधिमा १४ हजार ९०५ जनाले सवारी चालक अनुमतिपत्र नवीकरण गरेको उहाँले बताउनुभयो ।

 

यस कार्यालयबाट मोटरसाइकल, स्कुटर, कार, जीप, ट्याम्पो, ई रिक्सा, ट्याक्टर, मिनिबस, बस÷ट्रक, एक्साभेटर र व्याकुलोडर लगायतको सवारी चालक अनुमतिपत्र दिइने गरिएको छ ।

 

उहाँले भन्नुभयो “यहाँबाट अत्याधिक मात्रामा मोटरसाइकल, स्कुटर र कार, जीपको सवारीचालक अनुमतिपत्र लिने गरेका छन् ।” यस जिल्लामा अध्ययन वा रोजगारीको सिलसिलामा आएका जो कोहीले पनि सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिने गरेको उहाँले बताउनुभयो ।

 

अधिकृत चपाईका अनुसार सवारी साधनको प्रमाण पुर्जाको प्रतिलिपि ७१ जनाले लिएका छन् । गत आर्थिक वर्षमा सवारी दर्ता १३ हजार ९०९ वटा भएको छ ।

 

सवारी दर्ता प्रक्रिया सुरु भएसँगै यस कार्यालयबाट हालसम्म २९ हजार ११ जनाले सवारी साधन दर्ता गराएका छन् ।

 

कार्यालयले गत आर्थिक वर्षमा रु ८८ करोड २० लाख राजस्व सङ्कलन गरेको छ ।

चितवन:   जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी...

थप पढ्नुहोस्

पोखरा:    रूपा वाङ्‍मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ ।   कार्यक्रम रूपा वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष त...

थप पढ्नुहोस्

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

थप पढ्नुहोस्