अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध
जुम्ला | भदौ ५, २०८१
जुम्ला: अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो खस्दा आज बिहानदेखि उक्त राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले बताउनुभयो ।
अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको छ सूचना अधिकारी जिटीले बताउनुभयो । पानी पर्नेबित्तिकै कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो खस्ने गरेको छ ।
पोखरा: पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र हिमालयन टुरिजम फोरम पोखराको संयुक्त आयोजनामा भोलि हुने तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिताको पूर्...
बागलुङ: बागलुङको बडिगाडमा श्रीमान÷श्रीमती मृत फेला परेका छन् । जिल्लाको बडिगाड गाउँपालिका–१० निगलपानीका २२ वर्षीय जीवन परिवार र उहाँकी श्रीमती १९ वर्षीया सन्ध्या परियार आफ्नै घरमा ...
काभ्रेपलाञ्चोक: गत असोज दोस्रो साताको बाढीपहिराबाट क्षतिग्रस्त विपी राजमार्ग पुन:निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक टोलीले स्थलगत अवलोकन सुरु गरेको छ । ...