सोलुखुम्बुका विभिन्न स्थानमा भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

काठमाडाैं | भदौ २, २०८१

सोलुखुम्बुका विभिन्न स्थानमा भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

काठमाडौं:      सांसद कृष्णबहादुर रोेकायाले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ लाह्मु गाउँपालिका–५ थामेमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । 

    
राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा बोन्दै उहाँले भन्नुभयो, “साउन ३२ गते दिउँसो करिब ११ः३० बजे आएको बाढीका कारण खुम्बु पासाङ लाह्मु गाउँपालिकामा २०  घर, क्लिनिक, विद्यालयलगायत भवन बगाएको छ, थामेखोलाको उक्त बाढीमा एक जना बेपत्ता भएका छन् अन्य थुप्रै घर पुरिएका छन् ।” उहाँले बेपत्ता भएका व्यक्तिको खोज तथा उद्धार तत्काल गर्न सरकारसँग आग्रह गर्नुभयो । 

    
“हिमताल फुटेको भनिएको छ, हिमताल कसरी फुटे भन्नेबारे अनुसन्धान हुन जरुरी छ । थप ताल फुट्न सक्ने जोखिमका बारेमा सरकार संवेदनशील हुनुपर्छ”, सांसद रोकायाले भन्नुभयो ।   

    
सांसद रुक्मीणी कोइरालाले भन्नुभयो, “कोशी प्रदेशको सोलुखुम्बुमा आएको आकस्मिक पहिरोले थुप्रै घरमा क्षति तथा केही व्यक्ति बेपत्ता भएका छन, दूधकोसीमा बाढी आएको छ, खतरा छ, हिमताल र बाढीको वास्तविक क्षतिको विवरण र आवश्यक क्षतिपूर्तिका लागि सरकारसँग माग गर्दछु, जलवायु परिवर्तनले भएको भन्ने छ यसमा ध्यानाकर्षण होस् ।” 

    
सांसद गोपीबहादुर सार्की अछामीले सोलुखुम्बुमा गएको बाढीले जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । 


“भौगोलिक हिसाबले कमजोर हिमाली क्षेत्रमा मनसुनी वर्षा निरन्तर आइरहेको र यस्ता ठाउँमा अत्यधिक क्षति हुने भएकाले अझै पनि अरू हिमताल जोखिममा छन भनिएको छ, पुनः निर्माण वा पुनःवासको व्यवस्था गर्नतर्फ सरकारले ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो । 

    
यसअघि आकस्मिक समयमा बोल्दै सांसद जयन्तीदेवी राईलगायत सांसदहरुले पनि खुम्बु पासाङ लाह्मु गाउँपालिका–५ थामेमा बसोबास गर्ने बासिन्दालाई अन्यत्र सार्नुपर्नेमा जोड दिनुभएको थियो । 

काठमाडौं:  तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ तुर्कमनेबासी अन्त...

थप पढ्नुहोस्

गण्डकी:  लामो समयदेखि बहसमा रहेको गाँजाखेती र घरेलु मदिरालाई वैधता दिन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।  यसअघि प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्...

थप पढ्नुहोस्

पोखरा: होटल संघ नेपाल गण्डकीले होचो उचाइबाट छोटो अवधिमा नै पर्यटकलाई हिमाली क्षेत्रमा पुर्याउने गरी यात्रामा संलग्न नगराउन सरोकारवाला समक्ष अपिल गरेको छ ।  खासगरी नेपालको सिमावर्ती तराई क्षेत्रबाट ए...

थप पढ्नुहोस्