गण्डकीमा उद्यमी महिलाको सशक्तिकरणका लागि अभिमुखिकरण कार्यक्रम
पाेखरा | भदौ १, २०८१
पोखरा: महिला तथा बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएको वुमन एक्ट नेपालले गण्डकी प्रदेशका महिला उद्यमीका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ ।
नेपालका सीमान्तकृत र जोखिममा परेको महिला तथा बालबालिकाको आर्थिक सवलीकरण परियोजना अन्तरगत गण्डकीका प्रदेशका महिला उद्यमीको सशक्तिकरण गर्न, उद्यमका लागि सहजीकरण गर्न शुक्रबार अभिमुखिकरण गरिएको हो ।
अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दु थापाले महिलालाई उद्यमी बनाउन तर्फ अबको बाटो हुनुपर्ने बताउँदै यसले महिलालाई आत्मनिर्भर बनाउने बताए । उनले आफू पनि उद्यमी पृष्ठभुमिबाट आएकै कारण उद्यमीहरुको समस्या बुझ्ने बताए ।
वुमन एक्टकी कार्यकारी अध्यक्ष श्रृजना अधिकारीले आर्थिक उपार्जनका लागि ससाना व्यवसाय गरिरहेका महिला उद्यमीले व्यवसाय दर्ता नगरिदिंदा सरकारबाट प्राप्त हुनसक्ने आर्थिक सहयोग, कार्यक्रम, सूचनाबाट वन्चित भइरहेको सुनाइन् । यसप्रति महिला उद्यमीलाई सशक्त बनाउने कार्यका लागि परियोजना अघि बढिरहेको उनले बताइन् ।
भेलाले पोखरा महानगर, माछापुच्छ«े गाउँपालिका र हुप्सेकोट गाउँपालिकाका महिला उद्यमी सम्मेलित ५ सदस्य प्रदेशस्तरीय महिला उद्यमीको सामुदायिक अभ्यास संजाल (सीओपि नेटवर्क) समेत गठन गरेको छ । संजालको सयोंजकमा उर्मिला वि.क, उप संयोजकमा रेवती सारु, सचिवमा तुलसी अधिकारी, सदस्यमा यशोदा लम्साल र पुष्पा गुरुङ छन् ।
संजालले स्थानीय, प्रदेशस्तरमा समन्वय गरि उद्यमी महिलाको हकहितमा वकालत गर्ने वुमन एक्टका टिम लिडर प्रकाश अधिकारीले बताए । वुमन एक्टले बाग्मती, गण्डकी, मधेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका २५ स्थानीय तहमा परियोजना सञ्चालन गरिरहेको छ ।
पोखरा: २०८२ माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको छ । पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भ...
काठमाडौं: काठमाडौं महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्। आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्। स्थानीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्र...
काठमाडौं: राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायण...

