हिमपहिरोका कारण खुम्बु क्षेत्रमा बाढी आएको हुनसक्ने महाशाखाको अनुमान

काठमाडाैं | भदौ १, २०८१

हिमपहिरोका कारण खुम्बु क्षेत्रमा बाढी आएको हुनसक्ने महाशाखाको अनुमान

काठमाडौं:     जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित थामे खोलामा एक्कासी आएको बाढी हिमपहिरोका कारण हुनसक्ने अनुमान गरेको छ । 

    
बाढीबारे प्रारिम्भक जानकारी दिँदै महाशाखाले उक्त क्षेत्रमा साना र ठूला गरी छ वटा हिमताल÷हिमपोखरी रहेको उल्लेख गर्दै तीमध्ये कुनै एक विस्फोट भएको हुनसक्ने बताएको छ । 

    
“उक्त क्षेत्र नजिक रहेको फोत्र्से केन्द्रमा विगत सात दिनमा ६५ मिलिमिटर वर्षा मापन भएको, साउन २५ गतेदेखि दैनिक औसत तापक्रम क्रमशः बढेको (९ दशमलव ७ देखि ११ डिग्री सेल्सियस) र बिहीबार १५ दशमलव ९ डिग्री तापक्रप पुगेको थियो”, महाशाखाले भनेको छ, “निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको अनुमान गरिएको छ ।”

    
विभागको खोटाङस्थित दूधकोशी रवुवाबजार बाढी मापन केन्द्रमा जलसतह आज साँझ ५ः१० बजे चार दशमलव २९ मिटरबाट ३० मिनेटमा एक्कासी करिब एक दशमलव २० मिटर बढेर साँझ ५ः४० बजे पाँच दशमलव ५३ मिटर पुगेकामा सोपछि विस्तार घट्न थालेको महाशाखाको भनाइ छ ।

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ घान्द्रुकस्थित रोधी क्लब घान्द्रुकको अध्यक्षमा लक्षिण गुरुङ सर्वसम्मत चयन भएका छन् ।  शनिबार सम्पन्न भएको रोधीं क्लबको १७ औं साधारण सभा तथा चौथो अधि...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा अवैध सुनचाँदीका गहनासहित जिल्ला प्रहरी कार्यालय कास्कीले ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका–२,३,४,९ वडाको विभिन्न स्थानमा अवैध रुपमा सुनचाँद...

थप पढ्नुहोस्

धनगढी:  कैलाली कारागारमा हिजो राति भएको भीषण झडपमा एक जनाको मृत्यु र ४७ जना घाइते भएका छन्।  घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र एक जनाको आइसीयुमा उपचार भइरहेको जिल्ला प्रशासन कार्याल...

थप पढ्नुहोस्