नव बर्ष महोत्सवमा काठमाडौंवासीलाई पोखरेलीको निम्तो
हाेटलकाे बिलमा ३० प्रतिशत छूट दिइने
काठमाडाैं | चैत २५, २०७८

काठमाडौं, २४ चैत । होटल संघ पोखरा नेपालले फेवा किनारमा आयोजना हुने १७ औं नव बर्ष महोत्सवमा सहभागिताका लागि काठमाडौंवासीलाई निमन्त्रणा प्रदान गरेको छ । संघले विहीबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी यही चैत ३० देखि आगामी बैशाख १ गतेसम्म लेकसाइडको तीन किलोमिटर सडकमा अयोजना हुने महोत्सवको निम्ता बाँडेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सवका पाहुनलाई होटलको विलमा ३० प्रतिशत छुट प्रदान गरिएको जानकारी गराउँदै अन्य पर्यटकीय सेवामा समेत सम्बन्धित व्यवसायीहरुले छुटको प्रतिबद्धता प्रकट गरेको जानकारी गराए । कोभिड– १९ का कारण दुई बर्ष स्थगित भएको फेवा नव बर्ष महोत्सव यसपटक भव्य रुपमा सम्पन्न हुन लागेको जानकारी गराउँदै उनले महोत्सवमा स्थानीय, आन्तरिक तथा बाह्य पर्यटक गरी एक लाख भन्दा बढीले सहभागिता जनाउने अनुमान पनि सुनाए ।
दोहोरी गीत, नृत्यका कार्यक्रम, सांस्कृतिक झाँकी, पप कन्सर्ट र हाँस्यव्यंग्यका कार्यक्रम तथा मौलिक नेपाली संस्कृति संरक्षण गर्ने खालका गतिविधि महोत्सवले समेट्ने उनले बताए । महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था पनि गरिएको छ । यसैगरी महोत्सवका अवसरमा ३५ लाख रुपैयाँ खर्च हुने र आम्दानी ३० लाख रुपैयाँ हुने तथा बाँकी खर्चका लागि प्रायोजकहरुसँग छलफल चलिरहेको महोत्सवका संयोजक समेत रहेका सुवेदीले जानकारी दिए । अन्नपूर्ण केवलकार प्रालि महोत्सवको मुख्य प्रायोजक रहेको छ भने गोर्खा ब्रुअरीले पनि महोत्सवमा प्रायोजन गरेको छ । नेपाल पर्यटन बोर्डले महोत्सवको प्रबद्र्धन गर्ने छ ।
कार्यक्रममा बोल्दै होटल संघ नेपालका केन्द्रिय कार्यबाहक अध्यक्ष विनायक शाहले देशमा पर्यटक संख्या बढाएर आर्थिक गतिविधि बढाउन जरुरी भएको भनाई राखे । सरकारले मारमा परेका पर्यटन व्यवसायीलाई वजेटमा दिने भनेका राहातका कार्यक्रम प्रतिबद्धता अनुसार प्रदान गर्न नसेको गुनासो गर्दै उनले फ्रि भिसाको प्रावधान समेत घोषणामा सीमित भएको स्मरण गराए । पर्यटकलाई आबश्य पर्ने कतिपय महंगा मदिरा र अन्य पर्यटकीय सेवा सुविधाका सामग्रीहरु विलासिताका वस्तुको नाममा आयात रोक्न नहुने भनाई पनि उनको थियो । देशमा पर्यटक आए विदेशी मुद्रा समेत बढ्ने भन्दै उनले विजनेस कन्फिडेन्स बढाउने खालको वातावरण सृजना गर्न सरकारसँग आग्रह गरे । सोही अवसरमा उनले पोखरामा अयोजना हुने नव बर्ष महोत्सव भव्यताका साथ सफल पार्न केन्द्रिय होटल संघको सहयोग रहने भन्दै उक्त महोत्सव पुग्न काठमाडौंवासीसँग आग्रह गरे ।
कार्यक्रममा होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपालका सल्लाहकार भरतराज पराजुलीले पोखरा प्राकृतिक रुपमा सुन्दर रहेको स्मरण गराउँदै यो शहर उत्सव र महोत्सवको पनि शहर भएको भनाई राखे । पोखरा र वरपरका क्षेत्रमा पछिल्ला बर्षहरुमा विशाल शिव मुर्ति, केवल कार, बञ्जी जम्प, जिपलाइन जस्ता नयाँ पर्यटकीय सेवा र सुविधा समेत थपिन पुगेको भन्दै उनले यी गन्तव्यले समेत पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने विचार राखे । फेवा नव बर्ष महोत्सव मुख्य गरी खाना, संस्कृति र संगीतलाई जोड दिएर मनाउन लागेको स्मरण पनि उनले सो अवसरमा गराए । कार्यक्रमको संचालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए । कार्यक्रममा संघका सल्लाहकार, पदाधिकारी तथा केन्द्रिय होटल संघका अन्य पदाधिकारीको समेत उपस्थिति रहेको थियो ।
गण्डकी: लामो समयदेखि बहसमा रहेको गाँजाखेती र घरेलु मदिरालाई वैधता दिन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसअघि प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्...
पोखरा: होटल संघ नेपाल गण्डकीले होचो उचाइबाट छोटो अवधिमा नै पर्यटकलाई हिमाली क्षेत्रमा पुर्याउने गरी यात्रामा संलग्न नगराउन सरोकारवाला समक्ष अपिल गरेको छ । खासगरी नेपालको सिमावर्ती तराई क्षेत्रबाट ए...
पोखरा: पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउन्डेसन (लक्ष्मी ग्रुप) बिच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी समझदारी भएको छ । बिह...