भारतीय स्वतन्त्रताको लडाईमा नेपालीद्वारा दिइएको बलिदान अभूूतपूर्व: मन्त्री थापा
पाेखरा | साउन ३१, २०८१
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापाले भारतीय स्वतन्त्रताको लडाईमा नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व भएको बताए ।
७८ औँ भारतीय स्वतन्त्रता दिवसका अवसरमा भारतीय राजदूूतावास पेन्सन वितरण कार्यालय पोखराले विहिबार आयोजना गरेको स्वतन्त्रता दिवस समारोहलाई उदघाटन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन् ।
“भारतको विकासमा नेपालको ठूलो योगदान छ । चाहे भारतको स्वतन्त्रताको लडाइँमा होस् वा भारतीय सीमाको सुरक्षामा, नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व छ ।”, उनले भने ।
नेपाल–भारत सम्बन्ध प्राचीन भएको बताउँदै उनले गौरवपूर्ण अतीतले भरिएको उल्लेख गरे । नेपालको भौगोलिक विशिष्टता तथा समान आर्थिक–सामाजिक परिवेशका कारण हिन्दुस्तानका प्रायः सबै राज्यसँग कुनै न कुनै प्रकारको सम्बन्ध भएको उनले बताए ।
मन्त्री थापाले नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी भएको बताए । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण भएको भनाई उनको छ ।
भारतले द्विपक्षीय सहयोग अन्तर्गत स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको सहयोगको मन्त्री थापाले प्रशंसा गरेका छन् ।
७८ वर्षअघि अंग्रेज साम्राज्यबाट अलग भएको भारत अहिले एउटा बलियो गणतन्त्रात्मक विश्वशक्तिको रूपमा स्थापित भइसकेको छ । विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका रूपमा भारतको सफलता संसदीय राजनीतिक पद्धतिको स्थायित्वको उदाहरण मानिन्छ ।
पोखरा: दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमान्डु गोर्खाजले विजयी सुरुवात गरेको छ । सुरुमा ब्याटिङ गरेको जनकपुर...
पोखरा: मेजर लक्ष्मी प्रसाद÷हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट पोखराका क्रियाशिल युवा पत्रकार धन बहादुर गुरुङ ( सुमन) लाई पुरस्कृत गरिने भएको छ । आदिवासी ...
नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकृष्ट भएको छ...

