बागलुङको बडिगाडमा १५ शय्याको अस्पताल भवन निर्माण
बाग्लुङ | साउन ३१, २०८१
Photo: Dammar Budha Magar/Rss
बागलुङ (ढोरपाटन): बागलुङको बडिगाड गाउँपालिका–५ ग्वालीचौरमा रु १८ करोडको लागतमा १५ शय्याको अस्पताल भवन निर्माण भएको छ ।
सङ्घीय सरकारको लगानीमा निर्मित उक्त भवनबाट आगामी कात्तिकदेखि सञ्चालन गर्ने तयारीमा गाउँपालिका जुटेको गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले बताउनुभयो ।
अस्पताल सञ्चालनमा आएपछि यहाँका स्थानीय बुर्तिबाङ, पोखरा, काठमाडौँ, पाल्पालगायत स्थानमा उपचारका लागि जानुपर्ने बाध्यता हट्ने उहाँले बताउनुभयो ।
गाउँपालिकाले सबै वडामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सामान्य रोगको उचार गर्दै आएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

