तीजको अवसरमा दीप युनाइटेडको रक्तदान
पाेखरा | साउन २९, २०८१
पोखरा: दीप युनाइटेड क्लबले ‘सदभाव र सहकार्यका लागि एकता’ भन्ने नारासहित १२ औं खुला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
पोखरा महानगरपालिका १६ दीपमा क्लबको वार्षिक कार्यक्रम अन्तर्गत यही भाद्र १५ गते (शनिबार) सुन्दरफिड चोकमा १२ औ खुल्ला रक्तदान आयोजना गर्ने कार्यक्रम संयोजक आशिष पौडेल क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार नारीहरूको चाड हरितालिका तीजको अवसरमा क्लबले हरेक वर्ष रक्तदानको आयोजना गर्दै आएको छ ।
उनले आफ्नो संयोजकत्वमा ३ सदस्यीय रक्तदान उपसमिति गठन गरी कार्यक्रमको तयारीमा जुटेको बताए ।
सो उपसमितिमा विमला गुरूङ र सन्तोष परियार सदस्य छन् ।
संयोजक क्षेत्रीका अनुसार भदौं १५ गते बिहान ७ बजेदेखि रक्तदान सुरु हुनेछ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग रहनेछ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

