आज अन्तर्राष्ट्रिय युवा दिवस, पोखरामा ६ जनालाई सम्मान गरिँदै

पाेखरा | साउन २८, २०८१

आज अन्तर्राष्ट्रिय युवा दिवस, पोखरामा ६ जनालाई सम्मान गरिँदै

पोखरा:   २५ औं अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि मनाइँदै छ ।

 

‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नारासहित नेपालमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन लागिएको हो ।

 

दिवसको अवसरमा नेकपा एमाले कास्कीले आज पोखरामा एउटा भव्य कार्यक्रमको आयोजना गरेको छ ।

 

‘अघि बढ्छ युवा’ नाम दिएर पार्टीले पोखराको न्यूरोडस्थित सिटी स्क्वायरमा सम्मान, बहस, सांगीति प्रस्तुति र मोटिभेस्नल स्पिचसहितको कार्यक्रम राखेको छ । कार्यक्रम दिउँसो ४ बजे सुरू हुनेछ ।

 

गायन, स्वास्थ्य, शिक्षा, खेलकुद र कानुन क्षेत्रका गरेर ६ जनालाई सम्मान गर्न लागिएको कार्यक्रम संयोजक एवं एमाले कास्की सचिव दर्शन लामाले जानकारी दिए ।

 

सम्मानित हुनेमा नेपाल आइडलका विजेता करण परियार, प्रथम रनरअप सलोमी गुरूङ, राष्ट्रिय भलिबल टोलीकी कप्तान अरूणा शाही, डाक्टर विकास गौचन, प्राध्यापक शुष्मा रञ्जित र अधिवक्ता कुञ्जनी परियार प्यासी छन् ।

 

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले ‘परिवर्तनमा युवा’ शीर्षकमा राजनीतिक वक्तव्य दिने र अधिवक्ता कुञ्जनी परियार प्यासीले आफ्नो न्यायीक यात्राका बारेमा बताउनेछिन् ।

 

उनले आफू कसरी अधिवक्ता बनिन्, न्यायीक क्षेत्रको सम्भावना के छ ? युवा कानुन व्यवसायीलाई हेर्ने नजर कस्तो छ ? र कहाँ सुध्रने, को सुध्रने ? बारेमा आफ्नो भनाइ राख्नेछिन् । चार्टर एकाउन्टेन्ट दीपक भुर्तेलले पोखराको आर्थिक सम्भावनाबारे बोल्ने छन् ।

 

कार्यक्रममा निकेश गिरी र कुशल गौतमले गजल प्रस्तुत गर्ने कार्यतालिका छ ।

 

यस्तै, रोहित मल्लले युवाहरुलाई सकारात्मक ऊर्जा प्रदान गर्ने गरेर मोटिभेस्नल स्पिच दिने कार्यक्रम रहेको संयोजक लामाले जानकारी दिए ।

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

थप पढ्नुहोस्