विश्वकपमा कतारको अचम्म नियम: परस्त्रीसँग यौन सम्पर्क राखे सात वर्ष जेल
काठमाडाैं | असार २५, २०७९
काठमाण्डौँ: विश्वकप फुटबल प्रतियोगिताको आयोजनाले बाह्य समर्थन र पयर्टक बढ्छन् । साथै, आयोजक राष्ट्रको आम्दानी पनि ह्वात्तै बढ्ने गर्छ । युरोप, उत्तर र दक्षिण अमेरिकाका साथै दक्षिण अफ्रिकामा विश्वकप आयोजना हुँदा त्यहाँका यौन व्यवसायलाई स्वतन्त्रता प्रदान गरिएको थियो । यसबाट ती आयोजक राष्ट्रहरूले नगण्य धन पनि कमाए । तर, यसपटकको विश्वकप आयोजक राष्ट्रले विदेशी पयर्टक तथा समर्थकबाट यौन व्यवसायबाट आम्दानी गर्नेछैन ।
यसपटक विश्वकप कतारमा हुँदै छ । आगामी २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म कतारमा हुने विश्वकपमा हजारौँ विदेशी समर्थक तथा पयर्टक आउने पक्का छ । यद्यपि, विदेशी पाहुनाहरूले कतारमा आफूले मन लागेको जस्तो कार्य गर्न पाउनेछैनन् । इस्लामिक राष्ट्र कतारले विश्वकप दौरानमा गर्न हुने र नहुने नियम अगाडि नै सार्वजनिक गरिसकेको थियो । कतारले हालै मात्र एउटा अचम्मको नियम सार्वजनिक गरेको छ ।
कतारले सेक्स पूर्ण रूपमा प्रतिबन्ध लगाउने भएको छ । एक महिनासम्म चल्ने विश्वकपमा सेक्स प्रतिबन्ध हुँदा प्रतियोगिता नै खल्लो हुने अनुमान गरिएको छ । कतारको प्रचलित कानुनअनुसार पति–पत्नीबाहेक अन्यलाई सेक्स गर्नबाट वञ्चित गरिएको छ । यो नियम पूर्ण रूपले लागू हुँदा विदेशी समर्थक तथा पयर्टकले फुटबलको मात्र मज्जा लिएर घर फर्कनुपर्ने हुन्छ । धेरैजसो समर्थक तथा पयर्टक यौन आनन्द लिन पनि विश्वकप हुने राष्ट्रमा पुग्छन् ।
अघिल्ला विश्वकप आयोजक राष्ट्रहरूले विश्वकप दौरानमा यौन व्यवसायलाई छुट दिएका थिए । ती विश्वकप आयोजक राष्ट्रहरूले यौन व्यवसायबाट राम्रो आम्दानी गरेका थिए । यसपटकको आयोजक राष्ट्र कतारले आफ्नो इस्लामिक नियम सबैले पालना गर्नुपर्ने जनाएको छ । कतारको कानुनले विवाहअघिको सेक्सलाई अपराध मानेको छ ।
यसैकारण विश्वकपमा पति–पत्नीबाहेक अन्य प्रेमी–प्रेमिकाले सेक्स गर्न पाउनेछैनन् । सम्बन्धित निकायले नियमभन्दा बाहिर गई अनैतिक कार्य गरेको भेट्टाउँदा उनीहरूलाई कम्तीमा सात वर्षसम्म जेल सजाय भोग्नुपर्ने निर्देशन दिएको छ । कतारले इस्लामिक नियम पालना गराउन विदेशी फुटबल समर्थकलाई कडा चेतावनी दिएको छ । ‘
विश्वकपमा परस्त्रीसँग यौन सम्पर्क राख्दा सात वर्षको सजाय हुन सक्नेछ,’ कतारी सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पति–पत्नीका रूपमा हुनुहुन्छ भने यसमा कुनै नियम लागू हुँदैन, तर परस्त्रीसँग अनैतिक कार्य गर्दा प्रचलित नियमअनुसार सजायको भागीदार हुनुपर्नेछ ।’
परस्त्रीसँगको यौन सम्पर्कबाहेक कतारले पार्टी र मदिरा सेवनमाथि पनि प्रतिबन्ध लगाएको छ । कतारले आफ्नो मौलिक संस्कृतिअनुसारै विश्वकपमा नियम बनाएको जनाएको छ । ‘हाम्रो संस्कृतिभन्दा बाहिर जाने जोकोहीलाई दण्डित गर्ने व्यवस्था मिलाइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विश्वकप फुटबल हेर्न आउने समर्थकहरूले नियमको पूर्ण रूपमा पालना गर्नुपर्नेछ ।’
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

