पोखरामा भोलि ‘हब शैक्षिक मेला’
पाेखरा | साउन २५, २०८१
पोखरा: पोखरामा भोलि (शनिबार) हब शैक्षिक मेला हुने भएको छ । हब इन्टरनेशनल एजुकेशन पोखराको आयोजनामा न्यूरोडस्थित पूर्णिमा कम्प्लेक्समा शनिबार शैक्षिक मेला हुन लागेको हो ।
एजुकेशनले शुक्रबार पत्रकार सम्मेलन गर्दै मेलामा सहभागी भएर विद्यार्थी तथा अभिभावकले अन्तर्राष्ट्रिय शिक्षा, त्यहाँको शैक्षिक प्रणाली र अध्ययनपछिको अवसरको बारेमा निःशुल्क जानकारी लिन सक्ने जनाएको छ ।
मेलामा सांगीतिक कार्यक्रम, स्वास्थ्य शिविर, फुट स्टल, करिअर काउन्सिलिङ, कविता प्रतियोगिता लगायत रोचक खेलहरू समेत खेलाइने एजुकेशनका सञ्चालक उद्धब खड्काले जानकारी दिए ।
अन्योलमा रहेका विद्यार्थीले समेत यो शैक्षिक मेलामा सहभागी भएर आफ्ना सबै अन्योलतालाई मेटाउन सक्ने आयोजकको विश्वास छ । काठमाडौंको हात्तिसारमा केन्द्रीय कार्यालय रहेको हब एजुकेशनले १८ वर्षदेखि उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई विदेश पठाउँदै आएको छ ।
एजुकेशनले अष्ट्रेलिया, न्युजिल्याण्ड, आयरल्याण्ड, युके, अमेरिका, क्यानडा, भारत जान चाहने नेपाली विद्यार्थीलाई परामर्श दिँदै आएको एजुकेशनका सञ्चालक खड्काले सुनाए ।
पोखराको ट्रेड महलको तेस्रो तलावाट सेवा प्रवाह गर्दै आइरहेको एजुकेशनको शाखा पोखराकै न्यूरोडस्थित पूर्णिमा कम्प्लेक्समा सरेको एजुकेशनका पोखरा हेड प्रदिप पहारीले बताए ।
एजुकेशनको शाखा काठमाडौं, चितवन, भैरहवादेखि विदेशमा अष्ट्रेलिया, युके, पाकिस्तान, भारत, श्रीलंका र फिलिपिन्समा पनि विस्तार गरेको पहारीले बताए । एजुकेशनले भोलिका दिनमा युवा लछित कार्यकम गर्ने पहारीले जनाए ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

