विन्ध्येश्वरी आदर्श बोर्डिङमा एकल गायन प्रतियोगिता सम्पन्न

विजेता विद्यार्थीहरुलाई जोजिजू म्युजिक सेन्टरमा एक महिना निशुल्क संगीत प्रशिक्षण

पाेखरा | साउन २५, २०८१

विन्ध्येश्वरी आदर्श बोर्डिङमा एकल गायन प्रतियोगिता सम्पन्न

पोखरा:   पोखरा महानगरपालिका–१ स्थित विध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत एक गायन प्रतियोगिता सम्पन्न भएको छ । 


‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस  विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा वार्षिक पात्रो अनुसार एकल गायन प्रतियोगिता सम्पन्न भएको हो । 


४० जना विद्यार्थीहरुको सहभागिता रहेको एकल गायन प्रतियोगिता दुई तहमा सञ्चालन भएको थियो । 


एकल गायन प्रतियोगिता आधारभूत जुनियर तर्फबाट अनुस्का अधिकारी प्रथम, निश्चल जि.सी. द्वितीय, क्रिस्टन जोशी तृतीय र सौगात हमालले सान्त्वना स्थान प्राप्त गरे ।

 
यस्तै आधारभूत सिनियर तथा मा.वि. तहमा सौरभमान शाक्य प्रथम, अंकित गुरुङ द्वितीय, सुनिशा श्रीपाल तृतीय र अस्दीप बर्देवाले सान्त्वना भए । 


विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा स्कुलका संगीत शिक्षक दूतप्रसाद थापामगर र सोनु जोजिजूले निर्णायकको भूमिका निर्वाह गरेका थिए । 


प्रतियोगिताका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै पुरस्कृत भएका विद्यार्थीहरुलाई जोजिजू म्युजिक सेन्टरले एक महिनाको लागि निःशुल्क तालिम प्रदान समेत जानकारी दिए । यस कार्यक्रमको सञ्चालन कक्षा ८ की छात्रा मञ्जिसा भुजेलले गरेकी थिइन् ।
 
 

पोखरा:  नेपाली कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले यही २७ र २८ पुसका लागि आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन कास्की कांग्रेसले अपिल गरेको छ ।  यही २७ र २८ पुसका लागि म...

थप पढ्नुहोस्

बागलुङ:  नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला’ हुने भएको छ ।  शाखाले आफ्नो रजत वर्षका अवसरमा पहिलोपटक जिल्लामा मिडिया मेलाको...

थप पढ्नुहोस्

गण्डकी:  कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ । अघिल्लो वर्...

थप पढ्नुहोस्