पोखराका पहिरो पीडित परियारलाई अमेरिकाबाट ८ लाख बढी आर्थिक सहयोग
पाेखरा | साउन २५, २०८१
पोखरा: पोखरा महानगरपालिका वडा नं.१९ मा गत महिना २७ गते राति गएको पहिरोमा परि परिवारका सबै सदस्यहरू गुमाएका पवन परियारलाई राहत प्रदान गरिएको छ ।
अमेरिकामा रहेका पोखरा १९ का बासिन्दाहरूले सङ्कलन गरी पठाएको राहत रकम पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पहिरो पीडित परियारलाई प्रदान गरे ।
असार २७ गते राति गएको पहिरोमा परि परिवार नै गुमाएका परियारको आवास निर्माणमा सहयोग गर्ने गरी नगद रु.८ लाख २ हजार २ सय राहत प्रदान गरिएको हो । पहिरोका कारण अभिभावकत्व गुमाएका परियारको पठनपाठन सहयोगार्थ पोखरा महानगरपालिकाले थप व्यवस्थापन गर्ने नगरप्रमुख आचार्यले बताए ।
राहत वितरण कार्यक्रममा नगर प्रमुख आचार्य सहित पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना, पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे लगायत वडाका जनप्रतिनिधिहरू, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, अमेरिका बस्ने १९ बासीका आफन्तहरू, स्थानीय बासिन्दाहरू लगायतको उपस्थिति रहेको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

