‘एक्सपर्ट एजुकेशन’को २१ औं वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम साथ मनाउने

पाेखरा | साउन २२, २०८१

‘एक्सपर्ट एजुकेशन’को २१ औं वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम साथ मनाउने

पोखरा:    वैदेशिक उच्च शिक्षाका लागि परामर्शदातृ संस्था एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले २१ औं वर्ष प्रवेशका अवसरमा विविध कार्यक्रमका बीच सप्ताहव्यापी रुपमा वार्षिकोत्सव मनाइरहेको छ ।


पोखराको ट्रेड मलमा अवस्थित एक्सपर्टले सात दिनसम्म सात थरी कार्यक्रम गरी वार्षिकोत्सव मनाइरहेको म्यानेजर विष्णुप्रसाद गौतमले जानकारी दिए ।


गौतमका अनुसार प्यारेन्टस् वर्कशप, एस्से कम्पिटिशन शैक्षिक सामाग्री वितरण, फुटसल प्रतियोगिता कार्यक्रम गरिएको छ । भोलि बुधबार वृक्षारोपण तथा सरसफाई, वार्षिकोत्सवको मूख्य दिन रक्तदान कार्यक्रम र अन्तिम दिन इन्लाइटेन् एडु (द अल्टिमेट एजुकेशन एक्स्पो गर्न लागिए म्यानेजर गौतमले बताए ।


उच्च शिक्षाका लागि विदेश पढाउन चाहने अभिभावकका लागि कार्यशाला गरिएको हो । यस्तै, कास्कीको माछापुच्छ्रे गाउँपालिकाको रुम्जा स्थित हिमाली आधारभूत विद्यालयका विद्यार्थीका लागि शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको एक्सपर्टका म्यानेजर तथा एच।आर हेड सलि देवानले बताए । 


पुम्दीभुम्दीमा गत वर्ष सारिएको बोटविरुवा गोडमेलसहित पार्क सरसफाई कार्यक्रम राखिएको देवानले बताए ।


विहीबार सिग्नेचर कार्यक्रमका रुपमा नेपाल स्थित २३ वटा ब्राञ्चहरुले एकसाथ विहान साढे सात बजेदेखि रक्तदान कार्यक्रम राखेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई सहयोग, रक्तदान, सरसफाई, वृक्षारोपण कार्यक्रम राखिएको म्यानेजर देवानले जनाए ।


अन्तिम दिनको एक्स्पोमा ४० भन्दा बढी युनिभर्सिटीका प्रतिनिधि सहभागी हुने म्यानेजर देवानले जानकारी दिए । अष्ट्रेलिया, यूके, क्यानडा, न्यूजिल्याण्ड, यूएसए लगायतका देशका लागि शैक्षिक परामर्श दिइने उनले बताए । शैक्षिक लोनका लागि प्रत्यक्ष परामर्श प्रदान गर्ने हेतु बैंकका प्रतिनिधिसमेत उपस्थित रहनेछन् ।


एक्सपर्ट पोखराका म्यानेजर रमेश बास्तोलाका अनुसार एक्स्पर्ट पोखराले जनवरीदेखि अहिलेसम्म ७ महिनाको अवधिमा झण्डै ७ सय विद्यार्थीलाई रोजेको गन्तव्यमा पु¥याउन सहयोग गरिसकेको छ । एक्सपर्ट पोखरामा मात्रै ३५ जना कर्मचारी कार्यरत रहेको बास्तोलाले बताए ।


अष्ट्रेलियाको सिड्नीमा सन् २००३ अगष्ट ८ मा एक्सपर्टको स्थापना भएको थियो । एक्सपर्टका हाल २० देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले शैक्षिक परामर्शसंगै आइईएलटीएस, पीटीई, स्याट लगायतका कक्षाहरुसमेत संचालन गर्दै आइरहेको छ । विद्यार्थीहरुलाई गन्तव्य मुलुकमा रहेका शाखाहरुबाटसमेत सहयोग गर्दै आइरहेको बास्तोला बताउँछन् ।

काठमाडौं:    संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ ।  नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्के...

थप पढ्नुहोस्

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का उपसभापति स्वर्णिम वाग्लेले संविधान संशोधन जनताको चाहनाअनुरुप समयानुकूल हुनुपर्नेमा जोड दिनुभएको छ ।  सो पार्टीको संसदीय दलले आज यहाँ आयोजन...

थप पढ्नुहोस्

गण्डकी:    गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको पूर्ण पालना र कार्यान्वयनमा राज्यका सबै अङ्गहरुले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।  गण्डकी प्रदेश सरकारद्वा...

थप पढ्नुहोस्