जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १६ घाइते
जाजरकोट | साउन २२, २०८१

जाजरकोट: जाजरकोटको भेरी नगरपालिका–६ गञ्जमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
जाजरकोट सदरमुकाम खलङ्गाबाट नेटातर्फ जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जीप दुर्घटना हुँदा चालक ३५ वर्षे मानबहादुर वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जीप सडकदेखि चार सय मिटर तल खसेको थियो ।
दुर्घटनामा परी भेरी नगरपालिका–६ की २८ वर्षे सपना विक सार्की, ३५ वर्षीया भूमिका शाही, १९ वर्षीया दुर्गा पुन, १९ वर्षीया बिन्दु शाही, ५५ वर्षीया मोती लुहार, १७ वर्षीया सीता पुन घाइते हुनुभएको छ । त्यस्तै २१ वर्षीया धनसरा खड्का, ८० वर्षीय कलिमान खत्री, २८ वर्षीया भूमिकला राना घर्ती घाइते हुनुभएको प्रहरीको भनाइ छ ।
चार महिना बालक प्रज्ज्वल घर्ती, ३६ वर्षीया कल्पना खत्री, ३३ वर्षीया अस्मिता खत्री, ३१ वर्षीया पार्वती उपाध्याय र ४० वर्षीया हीरा सार्कीलाई भने सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ ।
काठमाडौं: स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा सुनको मूल्य ८ हजार १ सय रुपैयाँले बढेर कीर्तिमानी उचाइमा पुगेको हो । &...
काठमाडौं: सनसनीपूर्ण खेलमा लेग स्पिनर सन्दीप लामिछाने एक्लै पाँच विकेट र कप्तान रोहितकुमार पौडेलले अर्धसतकीय इनिङ्स खेलेपछि नेपालले कतारमाथि पाँच रनको रोमाञ्चक जित निकालेको छ । ओमानको अल अमिरतस्थ...
पोखरा: पोखरा ६ जरेबरमा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्सले दशै तिहारमा ग्राकहरुलाई लक्षित गर्दै उपहार योजना ल्याएको छ । दशै र तिहारलाई लक्ष्त गरे ल्याएका योजनामा १ हजारको खरिदमा एउटा कुपन पाइने छ । ...